२०७७ जेठ ३ गते २२:५१ तारा भट्टराई
कोरोना माहामारीको विश्वब्यापी अवस्था
नसोचेकाे, नसम्झेको, रोग आयो कस्ताे
आँखै अघि कालो मृत्यु, मडारिए जस्तो
नदेखिने वस्तुसँग, विश्व जुधि रा’छ ।
हेर्दा यस्तो नरसंहार, सपनी झैँ भा’छ ।
सारा विज्ञान लागिरा’छ, यसको निदान खोज्न
सक्या छैन अझ सम्म, सही कुन हो रोज्न
एकान्तवास विकल्प हो, एउटै मात्र अहिले
अत्यास लाग्छ यो संकट, सकिने छ कहिले
हिजोसम्म सारा विश्व, थियो आफ्नो धुनमा
डढेलो झैं फैलियो यो, अछुतो छ कुनमा
पैसा, ज्ञान, चातुर्यले, न त संकट टार्यो
धनाढ्यकै देशमा अझ, झन् विचल्ली पार्यो
राम्रो स्वास्थ्य भा’को भनी, हेरिन्थ्यो जुन देशलाई
आच्छु, आच्छु पारि रैछ, झन् पहिला त्यसलाई
अश्त्र, शस्त्र, अणुबम, त्यी सबको के काम
सजग हुन नजान्नेको, मेटिन्छ कि बा नाम ?
सारा विज्ञान लागिरा’छ, यसको निदान खोज्न
सक्या छैन अझ सम्म, सही कुन हो रोज्न
एकान्तवास विकल्प हो, एउटै मात्र अहिले
अत्यास लाग्छ यो संकट, सकिने छ कहिले
नेपालको अवस्था
लेखक
अजै पनि हाम्रो देशमा, विपत्ति त छैन
यसको मतलब सुरक्षित नै, हौँ भन्ने चाँही होइन
लाग्छ ढिला अझै पनि, भ’को छैन हाम्रो
लक डाउनको पूर्ण पालन, भै दिएकै राम्रो
संक्रमित जो भेटिए, विदेशबाट आ’का
जोगाउनु पर्ने रै’छ, रोगी बुढा पाका
एकान्तवास् बस्नलाई, नगरौँ अटेर
हराउनु छ यसलाई अब, सबै डटेर
विदेशीको डाटा हेरी, आत्तिहाल्नु हुन्न
बेलैबाट सजग भए, रोगले हाम्लाई छुन्न
हेल्चेक्रयाइ गर्ने देशको, हालतलाई हेरौँ
ढिला गर्नु हुन्न अब, दैनिकीलाई फेरौँ
यसबाट बच्ने उपाय
चाँडै सर्ने मानिसमा, रै’छ यसको जात
बच्नलाई धुनुपर्छ, पटक पटक हात
दूरी कायम गर्नु भन्छन्, मान्छे मान्छे बीचमा
विकल्प नै छैन अरु, यो रोगको जितमा
सामान किन्न जाँदाखेरी, पञ्जा मास्क लगाउँ
ल्याएपछि शुद्दिकरण, गर्न नविराउँ
अनिमात्र हाम्रो पहल, प्रभावकारी हुन्छ
ल हेरौँ त कोरोनाले, कसो गरी छुन्छ ?
ताजा खाना, शक्ति बलियो, बनाउनु पर्ने
इम्युनिटी बढी हुँदा, हुन्न रै’छ सर्ने
खान पिनको मेसो मिलाइ, खानु पर्यो अब
लाग्नु पर्यो बच्न बचाउन, आजैबाट सब
नेपाल अगाडि देखिएका चुनौति
नेपाल यसै श्रोत साधन, कमी भ’को देश
त्यसमाथि नेतृत्वको, धनी हुने रेश
व्यवस्थापन फितलो छ, भन्छन् जान्ने जति
नसुध्रिए सबै पक्ष, होला ठूलै खति
घर भित्र बस्नु भन्छन्, घरै छ’र कहाँ
सडकैमा जीवन काट्ने, मानिस छन् यहाँ
रोगले भन्दा भोकले यहाँ, ठूलो दुःख दिन्छ
भन्छन् तिनी खान पाए, को बाहिर हिँड्छ ?
हुने खाने भन्दा बढी, हुँदा खाने हामी
भ’को बाँढीचुँढी खाउ, सबै समान ठानी
ज्यान रहेन , धनी गरीब छुट्याएर हेर्नु
बचाउन नसक्ने धन, साँची के नै गर्नु
विश्व समुदायमा यसले ल्याएको चुनौति
सबै थोकमा शक्तिशाली, भ’कालाई नि गाल्यो
चुनौति नि कति दियो, विश्व झुक्न थाल्यो
ठूलो तागत राख्ने देशलाई, तहसनहस पार्यो
निर्ममतापूर्वक हेर, कति मान्छे मार्यो ?
निर्मित हो कि भन्दै देश, विभाजित भा’छन्
आशङ्खाले वुहानप्रति, कर्के नजर ला’छन्
WHO को भूमिका नि, प्रभावकारी रै’न
भन्छन् ठूला देशहरुनै, सहि हो या हैन
सबलाई शक्ति देखाएर, ठूलो हुनुपर्ने
मरिमेटी संकट रोक्न, कहिले लागी पर्ने
लाग्नु पर्ने बेला यै हो, यो विपत्ति रोक्न
दोष जति आतुर छन्, एक अर्कालाई पोख्न
मानिसका अधिकार, लुटिए रे भन्छन्
निर्धाहरुको छैन आवाज, चुपचाप सहन्छन्
सत्य तथ्य के हो अझै, खुल्न आको छैन
UNO नि बोल्न सक्ने, अवस्थामा रै’न
देश् देश् बीचको लडाँई पो, वार्ताबाट मिल्ने
भाइरससँग मिलापत्र, को छ गर्न सक्ने
आशा राखौँ चाडैँ केही, विकल्प भेटिन्छ
पहिला जस्तै संसार सारा, सामान्य देखिन्छ
विश्व अर्थतन्त्रमा पारेको प्रभाव
ठप्प हुँदा विश्व सारा, विकास कहाँ हुन्छ ?
भन्छन् विज्ञ आर्थिक मन्दी, संसार भरी हुन्छ
युगै परिवर्तन हुने देखिँदै छ गुन
पुँजीवाद सकिन्छ रे, भन्ने आयो सुन्न
नेपली अर्थतन्त्रमा पारेको प्रभाव
बन्द हुन सक्छ यहाँ, विदेश जाने होड
नयाँ युग सुरु हुने, वा यहि हो मोड
स्वदेशकै बाँझा बारी, होलान् हराभरा
पसिनाले सञ्चित हुँदा, आफ्नै देश सारा
विश्व समुदायलाई दिएको सन्देश
जीवनसँगै प्रकृतिलाई, मिलाएर लान
नसकिए आउने संकट, यस्तै रै’छ जान
कम मूल्याङ्कन नगर्नु है, यो अवस्थालाई
नबिर्सिनु सजग हुन, यस्तो सवक पाइ
वातावरण स्वच्छ राख्न, ध्यान दिनु पर्यो
सन्तुलन बिग्रीएरै, यस्तो रोग सर्यो
मानिस अब पर्यावरणको, अस्तित्वलाई बुझौँ
आजैबाट सबको भलो, गर्नलाई जुटौँ ।
चेतनशील प्राणी भनी, कहलिने मान्छे
शक्तिशाली आफूमात्र, हौँला भन्ने ठान्थे
प्रकृतिले चुनौति दियो, खै सकेको जुध्न
छोड्छ क्यारे अब विश्व, पैसा पछि कुद्न
आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला
जान्नु पर्यो अब सबले, जीवित हुने कला
जीवन नै नरहे त, शक्ति कसले हेर्छ ?
मनुष्यको मूर्ख्यालाई, प्रकृतिले टेर्छ ?
कार्यरत संस्था
बेलवारी नगरपालिका, माेरङ
Copyright © 2025 Bikash Media Pvt. Ltd.