भय अनि उपाय

  २०७७ जेठ १३ गते १०:२७     विजय सापकाेटा

 

दिन चलिरहेकै थियो
सबैको दुई छाक टरिरहेकै थियो
र जिन्दगी चलिरहेकै थियो
मान्छेहरु आफ्नो गन्तव्य तिर लम्किरहेका थिए
हावा आफ्नै गतिमा थियो
हावासँगै चराहरु आकाशमा उडिरहेका थिए
घाम प्रकाश छरिरहेको थियो
जुन सितलता दिइरहेकै थियो
सबै आफ्नो कर्ममा ब्यस्त थिए
आफ्नो कर्तव्य पूरा गरिरहेका थिए
कसैलाई कुनै भय थिएन
सबै आफ्नै सुरमा थिए
त्यतिन्जेल सबथोक ठिकै त थियो
सबै सँगै थिए, आफ्ना थिए
कोहि बिरानो थिएन
जुन बेलासम्म यो कोरोना थिएन।

लेखकएकाएक कसरी जन्मियो यो अदृश्य शत्रु
जुन एटम बम भन्दा शक्तिशाली छ
जस्ले सारा विश्वलाई हल्लाइरहेको छ
मै हुँ भन्ने शक्तिहरुलाई रुवाइरहेको छ
सबैलाई आफ्नो कब्जामा राखिरहेको छ
सारा मानव सभ्यतालाई नै धावा बोलिरहेछ
संसार एक जुट हुनुपर्ने बेला
सबैलाई एक अर्काबाट टाढा लखेटिरहेको छ
हातमा हात मिलाएर हिड्नु पर्ने बेला
सबैलाई एक अर्काको साथ छोड भनिरहेको छ
चराचुरुङ्गीलाई पिंजडामा राखेर
बाहिरबाट तमासा हेर्ने हामी मान्छेहरुलाई
आफ्नै घर भित्र बन्दी बनाएर राखेको छ
अनि हाम्रै तमासा हेरिरहेको छ
स्वतन्त्रता एउटा कोठा भित्र सीमित भएकोछ
कसैलाई थाहा छैन
आखिर कुन शक्तिले चलिरहेछ यो ?

संसार एक जुट हुनुपर्ने बेला
सबैलाई एक अर्काबाट टाढा लखेटिरहेको छ
हातमा हात मिलाएर हिड्नु पर्ने बेला
सबैलाई एक अर्काको साथ छोड भनिरहेको

सारा विश्व नै अचम्मित छ
एक अर्काको दुर्दशा देखेर भयभीत छ
मान्छेहरु ससंकित छन्
कयौं आत्मीय मनहरु गुमाइसकेका छन्
कयौं मनहरु गुमाउने डरमा छन्
गुमिसकेका मनहरु पनि अलपत्र छन्
जाने कहाँ गर्ने के कसैलाई थाहा छैन
चन्द्रमा देखि मंगल ग्रहको भ्रमण गर्ने
विज्ञान अहिले चुपचाप छ
रुगा खोकी देखि क्यान्सरको उपचार गर्न सक्ने
चिकित्सा क्षेत्र आफै बिरामी परेको छ
विश्व युद्ध लडेका शक्तिहरु
डराएर शक्तिहिन भएका छन्
विश्व अर्थतन्त्रले घुडा टेकिसकेको छ
मान्छेहरु बेजोजगारीको त्रासमा छ्न्
भोकमरीको भयमा छ्न्
लाग्छ ठुलो प्रलयमा छन्
कसैलाई थाहा छैन
आखिर के चाहान्छ यो ?

तर यस बिपतलाई हामी मनन गरौं
चिन्ता हैन चिन्तन गरौं
यसको विरुद्धमा गर्न सकिने सबै गरौं
आफ्नो लागि पनि गरौं
अरुको लागि पनि गरौं
सम्पूर्ण मानव सभ्यताको लागि गरौं
मर्ने डर सबैलाई हुन्छ
र त बाच्ने रहर पनि सबैलाई हुन्छ
डार्बिनले भने जस्तै
हामी बाँच्नको लागि संघर्ष गरिरहेका छौँ
यो संघर्ष जितेर हामी अझै धेरै बाँच्नु छ
यो संसारबाट धेरै कुरा लिनु छ
अनि यहि संसारमा धेरै कुरा गर्नु छ
आफ्नो लागि
परिवारको लागि
समाजको लागि
देशको लागि
अनि सारा पृथ्वीको लागि।

हामी धैर्यका साथ यसको समना गर्यौ भने
यो डगमगाएको मानव इतिहासले
फेरि अर्को इतिहास रच्ने छ
यो अस्वस्थ चिकित्सा क्षेत्र
फेरि निको भएर तङरिने छ
यो चुपचाप विज्ञानले
फेरि अर्को चमत्कार गर्ने छ
यो क्षणिक बन्धन र सुन्यता
फेरि स्वतन्त्र हुनेछ
यो सुस्ताएको अर्थतन्त्रले
फेरि अर्को शिखर चुम्ने छ
यो कालो समय अवस्य फेरिने छ
फेरि उज्यालो समयले जन्म लिनेछ
डराएका मनहरु शक्तिशाली हुनेछन्
छुटेका आत्महरु फेरि एक हुनेछन्
र नयाँ नयाँ सिर्जनाहरु गर्ने छन्
नकारात्मक तत्व हटेर जानेछ
सकारात्मक तत्वले बास गर्ने छ
हामी फेरि उस्तै हुनेछौं
जस्ता हिजो थियौ
र हामी फेरि आफ्नो कर्ममा फर्किने छौ।

axisbijay@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.