फोर्थिङ तिहार भाइब अभियान सुरु

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको अधिकृत वितरकले तिहारको अवसरमा आकर्षक अफर सहितको विशेष अभियान फोर्थिङ तिहार भाइब सुरु गरेको छ। यो अफर असोज २७ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले फोर्थिङको प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेमा विशेष पाउनेछन्। बुकिङमा आईफोन १७ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी आकर्षक नगद  छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क रहेको छ ।  फोर्थिङ फ्राइडेले नेपाली ईभी बजारमा नयाँ स्तरको प्रिमियम अनुभव ल्याएको कम्पनीले जनाएको छ । ६४।४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटरसहितको यो एसयूभीले डब्ल्यूएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटर सम्मको दायरा प्रदान गर्छ।  कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङको शोरुममा आमन्त्रणसमेत गरेको छ । 

नेपालमा नामीको हजार भन्दा बढी गाडी बिक्री, एमएडब्लू वृद्धिले मनायो उत्सव

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीमा नयाँ माइलस्टोन पुगेको छ । एमएडब्लू वृद्धिले आफ्नो नामी ब्रान्डको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । यस अवसरले नामीलाई नेपालको सबैभन्दा छिटो बढ्दो प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ । एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुकहरू र एमएडब्लू वृद्धिको नेतृत्वको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसहित डिलर साझेदारहरूको पनि उल्लेखनीय उपस्थिति थियो । नामी ब्रान्ड नेपाली बजारमा करिब १४ महिना अघि, सन् २०२४ अगस्ट २२ मा प्रवेश गरेको हो । यो गाडीले पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित हुँदै ग्राहकहरूको ध्यान तानेको थियो । नामीले उपभोक्तालाई वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्टका फिचरहरूका साथै लेभल २ असिस्ट, वायरलेस चार्जिंग र भेन्टिलेटेड सीटजस्ता अत्याधुनिक प्रविधि उपलब्ध गराएको छ । गाडीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकहरूमा अत्यन्त लोकप्रिय छ । कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, 'ग्राहकहरू नामीलाई मन पराउँछन् किनभने यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ । यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, लामो रेन्ज र अपेक्षाभन्दा बढी अनुभव प्रदान गर्छ ।'  

फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडौं । फोटोनले पिकअप मोडेल फोटोन टुनल्याण्ड का ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ । लिमिटेड टाइम अफर अन्तर्गत, ग्राहकहरूले ३ वर्षसम्म वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस सुविधा प्राप्त गर्नेछन् । यो अफरले टुनल्याण्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सहज बनाउनेछ । कम्पनीका अनुसार अफरले गाडीको दीर्घायु, कार्यक्षमता र भरपर्दोपनमा थप सुधार ल्याउने लक्ष्य राखिएको छ । निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्टहरूको नियमित मर्मत समावेश गरिएको छ । यी पार्ट्सहरूले गाडीको प्रदर्शनलाई उच्च स्तरमा कायम राख्न मद्दत गर्ने फोटोनको दाबी छ । तर, यो सुविधा उल्लेखित पार्ट्सहरूमा मात्र सीमित रहने कम्पनीले स्पष्ट पारेको छ । फोटोन टुनल्याण्ड नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र बहुउपयोगी पिकअप का रूपमा स्थापित छ । लगातार मागमा रहेको यो मोडेल नेपालका सबैभन्दा बढी बिक्री हुने पिकअपमध्ये एक बनेको छ । कम्पनीका अनुसार, ‘जिरो कस्ट अफर’ मार्फत फोटोनले ग्राहक सन्तुष्टि र भ्यालु–फर–मनी सेवाप्रतिको प्रतिबद्धता झनै मजबुत बनाएको छ । यो अफर २०२५ अक्टोबर ३१ सम्म मात्र मान्य रहनेछ । फोटोनले ग्राहकहरूलाई नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा पुगेर अफर सकिनु अघि नै यसको फाइदा लिन आग्रह गरेको छ । कम्पनीले यस अफरमार्फत नेपालजस्तो प्रतिस्पर्धी अटोमोबाइल बजारमा नवीनता, भरपर्दोपन र ग्राहक सेवाप्रतिको समर्पण पुनः प्रमाणित गरेको जनाएको छ ।