‘विद्युतीय क्रान्तिमा ब्रेक’ लाग्ने भन्दै हरित नियम नहटाउन ट्रम्पलाई टेस्लाको चेतावनी
काठमाडौं । विद्युत् सवारीसाधन (ईभी) निर्माता टेस्लाले ट्रम्प प्रशासनलाई सवारीसाधन उत्सर्जन मापदण्ड र अमेरिकाको दीर्घकालीन निष्कर्ष (हरितगृह ग्यास उत्सर्जनले मानव स्वास्थ्यलाई खतरा पुर्याउँछ) लाई खारेज नगर्न आग्रह गरेको छ । टेस्लाले बिहीवार सार्वजनिक गरेको टिप्पणीमा भनिएको छ कि वातावरण संरक्षण एजेन्सी (ईपीए) को मापदण्ड खारेज गर्ने प्रस्तावले ‘हाइवे इन्जिन र सवारीसाधनका लागि हुने सबै ग्रिन हाउस ग्यास उत्सर्जनको मापन, नियन्त्रण र प्रतिवेदनका जिम्मेवारीबाट इन्जिन र सवारीसाधन निर्माताहरूलाई छुट दिनेछ ।’ यसै साताको सुरुवातमा, जनरल मोटर्स, टोयोटा, फक्सवागन र लगभग सबै ठूला सवारीसाधन निर्माताहरुको समूहले पर्यावरण संरक्षण एजेन्सी (ईपीए)लाई सवारीसाधन उत्सर्जनका आक्रामक सीमा खुकुलो बनाउन आग्रह गरेका थिए । ती सीमा अन्तर्गत निर्माताहरूलाई बढ्दो संख्यामा विद्युतीय सवारीसाधन बनाउन बाध्य पारिएको छ । ट्रम्प प्रशासनले हरित सवारीसाधनका नियमलाई कमजोर बनाउँदा टेस्लाले आगामी वर्षहरूमा अरबौं डलर बराबरका नियामक क्रेडिट गुमाउने सम्भावना रहेको बताएको छ । गत वर्ष मात्र टेस्लाले शून्य उत्सर्जन भएका ईभी बिक्रीबाट र ती क्रेडिटलाई अन्य सवारीसाधन निर्मातालाई बेचेर २.८ अर्ब डलर बराबरको आम्दानी गरेको थियो । ओहायोका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले गत जुलाईको सुनुवाइमा सवारीसाधन निर्माताले टेस्लालाई तिरेको रकमलाई ‘अत्यन्तै महँगो’ भनेका थिए । ‘यस कार्यक्रमको स्थिरता कमजोर पार्छ, मापदण्डअनुसार विद्युतीय सवारीसाधन निर्माताले पाउने प्रदर्शन-आधारित प्रोत्साहनको मूल्य घटाउँछ, र प्रतिस्पर्धात्मक असमानता सिर्जना गर्छ — जसले सवारीसाधन प्रविधिमा लगानी गर्ने प्रेरणा घटाउँछ,’ टेस्लाले भन्यो । टेस्लाले सन् २०१९ देखि वातावरणमैत्री एअर कन्डिसनिङ प्रयोग गरेर प्रति सवारीसाधन २५ डलर खर्च गरी क्रेडिट कमाउन सुरु गरेको थियो । ‘यो लगानी उत्तर अमेरिकामा उत्पादन गरिएका लाखौं सवारीसाधनमा लागू हुँदा अन्ततः दशौं मिलियन डलर बराबर पुगेको छ,’ टेस्लाले भन्यो । टेस्लाका सीईओ एलोन मस्क यस वर्षको सुरुवातसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सल्लाहकार थिए, तर त्यसपछि उनी सार्वजनिक विवादमा परे । ट्रम्पले मस्कको बजेट विधेयकको विरोधको कारण उपभोक्ता कर क्रेडिट हटाइनु हो भन्ने बताएका थिए । त्यो क्रेडिट आगामी सेप्टेम्बर ३० मा अन्त्य हुनेछ । जुलाईमा प्रशासनले सवारीसाधन निर्माताहरूलाई सन् २०२२ मोडेल वर्षदेखि लागू हुने इन्धन दक्षता नियम नपुगेको भए पनि कुनै जरिवाना नलाग्ने बताएका थिए । ट्रम्पले यसै वर्ष जुनमा कंग्रेसनल रिभ्यु एक्ट अन्तर्गत क्यालिफोर्नियाले २०३५ सम्ममा पेट्रोल मात्र चल्ने सवारीसाधनको बिक्री अन्त्य गर्ने ऐतिहासिक योजना रोक्ने प्रस्तावमा हस्ताक्षर गरेका थिए । सान्दर्भिक सामग्री: जब पोर्शेका धेरै लगानीकर्ताहरूले सेयर बेचिदिए... सेमीकन्डक्टर क्रान्तिमा भारत : १० ठूला परियोजना र १.६ ट्रिलियनको लगानी मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज
फोटोनले ल्यायो दशैं-तिहार अफर, ईभी भ्यान बुकिङमा बाइकदेखि स्मार्ट टिभीसम्म उपहार
काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन आर ६एलपीडी मा विशेष अफर ल्याएको छ । कम्पनीले यस अफरमार्फत नेपालीहरूलाई महान् चाडको अवसरमा गाडी लिन अझ सहज, लाभदायक र रमाइलो बनाउने लक्ष्य राखेको जनाएको छ । ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा मोटरसाइकल, ५५ इन्च स्मार्ट टेलिभिजन, वासिङ मेसिन वा फ्रिज मध्ये कुनै उपहार पाउनेछन् । साथै, हरेक बुकिङमा स्योरशट सामसुङ मोबाइल ए०७ (६ं१२८ जीबी) उपहार दिइनेछ । यस अफरमा १ वर्षको पूर्ण बीमा ९अटो प्लस०, क्यासलेस बीमा, ५ पटकसम्म निस्शुल्क मर्मत सेवा, निस्शुल्क फ्रन्ट ब्रेक प्याड सेट र पूरा आर्थिक वर्षको सवारी कर समेत समावेश गरिएको छ । फोटोन आर ६एलपीडी अब दशैं विशेष मूल्य २६ लाख ९९ हजार रूपैयाँ (६ लाख ७५ हजार रूपैयाँ छुटपछि) मा उपलब्ध हुनेछ । खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन् । यसमा पनि १ वर्षको सम्पूर्ण सवारी बीमा, क्यासलेस बीमा र पूरा आर्थिक वर्षको सवारी कर कम्पनीले नै व्यहोर्नेछ । कम्पनीले दुवै मोडेललाई आरामदायी, किफायती र भरपर्दो गाडीका रूपमा प्रस्तुत गर्दै दशैं–तिहार बोनसले ग्राहकहरूको उत्सवलाई अझ विशेष बनाउने विश्वास व्यक्त गरेको छ । फोटोन नेपालले चाडपर्व विशेष योजना हेर्न सबैलाई नजिकको शोरूममा आउन निमन्त्रणा गर्दै थप जानकारीका लागि ९८०२३७५४२१ वा ९८०२३४०६७१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
स्काईवेल जी मोटर्सको नयाँ ईभी डेलिभरी र १० लाखसम्मको सहयोग योजना सार्वजनिक
काठमाडौं । स्काईवेल जी मोटर्स परिवारले दशैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेम डकुमेन्ट नजिकको स्काईवेल शोरुममा बुझाउनुपर्नेछ । त्यसपछि तुरुन्तै नयाँ स्काईवेल ईभीको डेलिभरी उपलब्ध गराइनेछ । यस विशेष योजनामा सहभागी हुने ग्राहकले १० लाखसम्मको सहयोग पाउनेछन् । साथै हरेक स्काईवेल ईभी खरिदमा नयाँ आईफोन १७ उपहारस्वरूप प्रदान गरिने जी मोटर्सले जनाएको छ । स्काईवेल जी मोटर्स प्रालिले नेपालीहरुको महान चाड दशैंको अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेको छ।