काठमाडौं । सशस्त्र प्रहरीले भन्सार छलि गरेको आशंकामा ७ सय ७४ गाडी नियन्त्रणमा लिएको छ ।
गए रातीबाट बिहीबार बिहानसम्ममा गण्डकी प्रदेशका विभिन्न सडक खण्डबाट ७ सय ७४ वटा गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुस्ताङ, जोमसोम, पर्वत र हेम्जा सडक खण्डबाट रहेका अधिकांश बीवाइडीका गाडी नियन्त्रणमा लिएको नेपाल सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले विकासन्युजलाई जानकारी दिए ।
'गाडीहरूका भन्सारको डकुमेन्टेसन नमिलेको सूचना पाएकाले नियन्त्रणमा लिएका हौं,' उनले भने, 'सबै गाडीको बारेमा भन्सारमा बुझेर प्रक्रिया अगाडि बढाउँनेछौ ।'
कहिले भित्रिएका थिए र कसरी आयात भए सम्पूर्ण विवरण बुझ्ने प्रक्रियामै रहेको भट्टको भनाइ छ । 'सही डकुमेन्ट भएमा छोड्छौ अन्यथा अनुसन्धानका लागि लगिनेछ,' उनले भने ।