विकासन्युज

नेपालकाे हवाई सुरक्षा दर ७०.०१ प्रतिशत, एशियामै उच्च भएको दावी

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए । उनले नेपालले आइकाओले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रुपमा सुधार भएको देखाएको बताए । ‘आइकाओको प्रतिवेदनले औंल्याएका कमी कमजोरी निर्मुल गर्न प्राधिकरणले गृहकार्य शुरु गरेको छ, प्राधिकरणले नेपालको हवाई सेवा विस्तारको लागि थप योजना पनि अघि सारेको छ,आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्यले काम गरिरहेका छाैं,’ उनले भने । उनले आइकाओको अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको पनि जानकारी दिए । ‘प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेटको व्यवस्था पनि गर्न शुरु गरेको छ, आइकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको छ,’ उनले भने । त्यस्तै, प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले आइकाओको अडिटले देखाएको सुरक्षा मापन दर एशिया प्रशान्तीय क्षेत्रमा नै नेपालको उच्च रहेको बताए । उनले एशिया प्रसान्तीय क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गरे । अधिकारीले नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको भन्दै अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आइकाओले कालोसूचीमा राख्न नहुने बताए नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सय वटा विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग शुरु गरिएको प्राधिकरणले बताएको छ । फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्वद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको प्राधिकरणले बताएको छ ।

‘बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिए, हामी ठूलो समस्यामा पर्यौं’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योगी तथा व्यवसायी ठूलो समस्यामा परेको बताए । महासंघले बुधबार दशैं, तिहार तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएकाले उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । ‘बैंकहरुले ८ % प्रिमियम लिएका छन्, एक वर्षमा ८० % सम्म ब्याज बढेको छ जसले गर्दा हामी ठूलो समस्यामा परेका छौं,’ उनले भने । गोल्छाले सबै समस्याको जड शोधानन्तर भएको बताएका छन् । यस्तै, उनले महासंघले विभिन्न क्षेत्रमा सर्भे गर्दा निर्माणमा ६० प्रतिशत, जुत्ता उद्योगमा ७० प्रतिशतसम्म गिरवाट भएकाे देखिएकाे जानकारी दिएका छन् ।

बझाङमा जीप दुर्घटना : ज्यान गुमाउने चारको पहिचान खुल्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताए ।

आचारसंहीता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्दै आयोग

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो । बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहीता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहीता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए । ‘ऐन, कानून बनाउनेहरुले नै आचारसंहीताको उल्लंघन गर्न पाइँदैन, अहिले पनि विभिन्न दलहरुले अघुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहीताको उल्लंघन गरिरहेको छ, हरेक उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको छ,’ उनले भने ।  

एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्ष लामो अनुभव

काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका लम्साल बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका हुन् । बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् ।    

विज्ञहरु भन्छन् : सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिनु हुँदैन

काठमाडाैं । विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने बताएका छन् । बुधबार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीःखाद्य प्रणालीको पुनर्जीवन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् । कृषि विज्ञहरुले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासको लागि प्रोत्साहन गरेमात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने बताए । उनीहरुले नेपालको कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई ठूलो योदान गर्नसक्ने जिकिर गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले नेपाली ठूला किसानलाई राज्यले कुनैपनि अनुदान दिएर हतोत्साह गर्न नहुने बताए ।  ‘सरकारले ठूला किसानलाई अनुदान दिन आवश्यक छैन, साना किसानलाई व्यवस्थापन, मझौला किसानलाई उत्थान र ठूला किसानलाई नयाँ कृषि प्रणालीको विकासमा सहयोग गर्न जरुरी छ,’ उनले भने । डा. तिमिल्सिनाले उनले सरकारसँग भएको कृषि ज्ञानकेन्द्र असफल भएको भन्दै नयाँ संरचनाका साथ सरकार अघि बढ्नुपर्ने बताए । नेपालका ७७ जिल्लाको कृषि उत्पादन हुने स्थानमा कृषि प्राविधिकको अभाव रहेको उनकाे भनाइ छ । त्यस्तै, कृषि आनुवंशिक स्रोतकेन्द्र जिन बैंक नार्कका प्रमुख तथा वैज्ञानिक डा. बालकृष्ण जोशीले रैथाने बालीको उत्पादन बढाउनको लागि नेपालको ठाउँ विशेष प्रमुख खाद्य बाली लगाउनुपर्ने बताए । जोशीले वि.सं १९८० भन्दा अगाडि नेपालका विभिन्न क्षेत्रमा फरकफरक जातका खाद्य उत्पादन हुने गरेको तर अहिले ठाउँ अनुसारको प्रमुख खाद्य बाली लगाउने प्रचलन कम रहेको बताए । त्यस्तै, कृषक माधव ढुङ्गेलले सरकारले विषादीयुक्त खेतीलाई प्रोत्साहन गर्ने र अर्कोतर्फ मल र बीउ किनेर सस्तोमा बाँड्न खोजेको बताए । ‘सरकारले बिष पनि सँगै बाँड्ने र सरकारले नै विषमुक्त उत्पादन बाँड्ने दोहोरी नीति हुन सक्दैन, किसानहरु जैविक खेती गर्छु भन्दा पनि जैविक खेती गर्नेहरुको सिन्डिकेट अनुसार लाइसेन्स खोस्रे गरेका छन्, सरकार किसानको लागि नीतिगत निर्णय गर्नसमेत स्वतन्त्र छैन,’ उनले भने ।  

धनतेरसका लागि बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट् बैंक

काठमाडौं । राष्ट्र बैंकले तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्ने जनाएको छ ।राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थान असर्फी वितरण गरिनेछ । सुनको बजार मूल्यमा संस्थालाई ३०० र व्यक्तिलाई २०० रुपैयाँ निर्माण लागत थप गरी असर्फी बेचिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा

काठमाडाैं । सिद्घार्थ बैंकले कार्तिक २ गते बुधबा। काठमाडाैं उपत्यकाकाे न्यूरोड गेट, भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । ३ नयाँ शाखा कार्यलयहरुकाे विस्तारसँगै बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ । बैंकले उक्त शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने जनाएकाे छ ।