धनतेरसका लागि बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट् बैंक

<p>काठमाडौं । राष्ट्र बैंकले तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्ने जनाएको छ ।राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थान असर्फी वितरण गरिनेछ [&hellip;]</p>

काठमाडौं । राष्ट्र बैंकले तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्ने जनाएको छ ।राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थान असर्फी वितरण गरिनेछ ।

सुनको बजार मूल्यमा संस्थालाई ३०० र व्यक्तिलाई २०० रुपैयाँ निर्माण लागत थप गरी असर्फी बेचिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Share News