‘बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिए, हामी ठूलो समस्यामा पर्यौं’

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योगी तथा व्यवसायी ठूलो समस्यामा परेको बताए । महासंघले बुधबार दशैं, तिहार तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएकाले उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । &#8216;बैंकहरुले ८ % प्रिमियम लिएका छन्, एक वर्षमा ८० % सम्म ब्याज बढेको छ [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योगी तथा व्यवसायी ठूलो समस्यामा परेको बताए ।

महासंघले बुधबार दशैं, तिहार तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएकाले उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए ।

‘बैंकहरुले ८ % प्रिमियम लिएका छन्, एक वर्षमा ८० % सम्म ब्याज बढेको छ जसले गर्दा हामी ठूलो समस्यामा परेका छौं,’ उनले भने । गोल्छाले सबै समस्याको जड शोधानन्तर भएको बताएका छन् ।

यस्तै, उनले महासंघले विभिन्न क्षेत्रमा सर्भे गर्दा निर्माणमा ६० प्रतिशत, जुत्ता उद्योगमा ७० प्रतिशतसम्म गिरवाट भएकाे देखिएकाे जानकारी दिएका छन् ।

Share News