नेपालकाे हवाई सुरक्षा दर ७०.०१ प्रतिशत, एशियामै उच्च भएको दावी

<p>काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । प्राधिकरणले [&hellip;]</p>

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ ।

बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो ।

प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए । उनले नेपालले आइकाओले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रुपमा सुधार भएको देखाएको बताए ।

‘आइकाओको प्रतिवेदनले औंल्याएका कमी कमजोरी निर्मुल गर्न प्राधिकरणले गृहकार्य शुरु गरेको छ, प्राधिकरणले नेपालको हवाई सेवा विस्तारको लागि थप योजना पनि अघि सारेको छ,आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्यले काम गरिरहेका छाैं,’ उनले भने ।

उनले आइकाओको अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको पनि जानकारी दिए । ‘प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेटको व्यवस्था पनि गर्न शुरु गरेको छ, आइकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको छ,’ उनले भने ।

त्यस्तै, प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले आइकाओको अडिटले देखाएको सुरक्षा मापन दर एशिया प्रशान्तीय क्षेत्रमा नै नेपालको उच्च रहेको बताए । उनले एशिया प्रसान्तीय क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गरे । अधिकारीले नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको भन्दै अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आइकाओले कालोसूचीमा राख्न नहुने बताए

नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सय वटा विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग शुरु गरिएको प्राधिकरणले बताएको छ । फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्वद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको प्राधिकरणले बताएको छ ।

Share News