आचारसंहीता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्दै आयोग

<p>काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो । बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहीता [&hellip;]</p>

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो ।

बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहीता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहीता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए ।

‘ऐन, कानून बनाउनेहरुले नै आचारसंहीताको उल्लंघन गर्न पाइँदैन, अहिले पनि विभिन्न दलहरुले अघुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहीताको उल्लंघन गरिरहेको छ, हरेक उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको छ,’ उनले भने ।

 

Share News