ग्लोकल टीन हिरो ईन्डिया, श्रीलंका र बंगलादेश २०२२ को विजेता घोषणा
काठमाडौं । ग्लोकलले सन् २०२२ कालागि भारत, बंगलादेश र श्रीलंकामा ग्लोकल टीन हिरो २०२२ संस्करण सफलताका साथ सम्पन्न गरेको छ। यो ग्लोकल टीन हिरो भारतको लागि चौथो संस्करण र ग्लोकल टीन हिरो श्रीलंकाको लागि तेस्रो संस्करण हो। यो संस्करणको विजेताको पनि घोषणा भएको छ। ग्लोकल टीन हिरो ईन्डिया २०२२ को विजेता तेलंगानाका १८ वर्षीय सामाजिक उद्यमी रुध्विक धरमकर बनेका छन्। साथै ग्लोकल टीन हिरो बंगलादेशको विजेता ढाकाका १८ वर्षीय विज्ञान उत्साहीताल हाजुबैर र ग्लोकल टीन हिरो श्रीलंकाका विजेता क्यान्डीका १७ वर्षीय कार्यकर्ता रिसांगा दिनसारा बन्दारा अबेगुनासेकेरा बनेका छन्। ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रमहो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंचहो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ। श्रीलंकाका विजेता अबेगुनासेकेरा- एक उद्यमी, आविष्कारक, कलाकार, एवम सामाजिक कार्यकर्ता हुन्। सामाजिक कार्य र सिनेमेटोग्राफीमा उनको रुचि छ। उनले समुदायमा अपाङ्गताको बारेमा चेतना बढाउन एउटा कार्यक्रम डिजाइन गरे जहाँ उनले लगभग ५०+ विभिन्न अपाङ्गता भएका युवाहरू र विभिन्न पेशाका मानिसहरूलाई अवलोकन, र अन्तरक्रिया गराएका छन्। उनले भारत, इजिप्ट, श्रीलंका र जर्मनीको प्रतिनिधित्व गर्ने देशहरूबाट एउटा टोली पनि निर्माण गरे र परियोजना प्रमुख थिए जहाँ उनी र टोलीले अपाङ्गता भएको मानिसहरूलाई गुणस्तरीय शिक्षा र सञ्चारमा पहुँच गर्न उपकरण डिजाइन गरेका थिए। स्टार्टअप, दिगो कृषि, र उदीयमानप्रविधिहरूको बारेमारुची राख्दछन्। उनले ‘जीवन विज्ञान’ विधामा कास्य पदक जितेर बंगलादेशबाट पहिलो पदक विजेता बनेका थिए। उनले लाभकारी माटो माइक्रोबायोम प्रयोग गरेर दिगो कृषिलाई गतिदिन एग्रीटेक स्टार्टअप ‘ब्याक्टो क्रप’ स्थापना गरे । उनी अन्तरिक्ष प्रतियोगिताहरूमा शहरहरूमा विश्वव्यापी च्याम्पियन र एनएसएस स्पेस सेटलमेन्ट प्रतियोगितामा अन्तर्राष्ट्रिय तेस्रो पुरस्कार विजेता पनि बनेका छन् । ईन्डियाका विजेता धरमकर-एक सामाजिक उद्यमी हुन् । जो हाल आफ्नो स्नातक पढिरहेका छन्। उनी फ्लेक्कोर मिडियामा संस्थापक र सीईओ हुन् । उनले टेकी रुध्विक यूटयुब पृष्ठमा प्राविधिक उत्पादनहरू र मोबाइल सफ्टवेयर अनुप्रयोगहरूमा मानिसहरूलाई शिक्षित गर्न टेक सामग्री सिर्जनाकर्ताको रूपमा काम गरिरहेका छन् ।
कृषि विकास बैंकको कामु सीईओमा सुवेदी नियुक्त, दोहोरिएनन् उपाध्याय
काठमाडौं । कृषि विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उपमहाप्रबन्धक सुवेदीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ अनिलकुमार उपाध्यायको कार्यकाल सकिएसँगै सुवेदीलाई कामु सीईओको जिम्मेवारी दिइएको बैंक सञ्चालक सञ्जीव पौडेलले विकासन्युजलाई जानकारी दिए । साथै, अब नयाँ सीईओको लागि विज्ञापन खुला गर्ने उनले बताए । ‘बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सीईओको कार्यकाल नदोहोर्याउने निर्णय गरेको छ, बैंकका अध्यक्ष विदेश जानु भएको छ, उहाँ आएपछि नयाँ सीईओको लागि प्रकृया अघि बढ्छ,’ उनले भने । सीईओ उपाध्याय २०७५ पुस १० गते बैंकको सीईओमा नियुक्त भएका थिए । उनको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो ।
सगरमाथा चढ्दै शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सगरमाथा चढ्ने योजना बनाएका छन् । महासंघको अध्यक्षका रुपमा कार्यकाल सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला उनले सगरमाथा चढ्ने योजना रहेको बताएका हुन् । महासंघमा अध्यक्षको कार्यकाल सकिए लगत्तै उनले देशका विभिन्न हिमालहरु चढेर अन्तितमा सगरमाथा चढ्ने योजना बनाएको बताएका छन् । ‘हिमाल चढ्ने मेरो लक्ष्य हो, सगरमाथा चढ्नु अगाडि केही हिमालहरु चढ्छु, कुन–कुन हिमाल चढ्ने भनेर पछि थाहा हुन्छ, म देशको हरेक ट्रेकिङ रुटहरुमा हिड्न चाहन्छु, आफ्नो योजना सुनाउँदै भने, अब म आफैलाई र मेरो बिजनेसलाई समय दिन्छु,’ उनले विकासन्युजसँग भने । महासंघको अध्यक्ष बनेर त्यसलाई सफल कार्यकालका रुपमा लिँदै उनले सगरमाथा चढ्ने योजना बनाएका हुन् । तर, कहिले चढ्ने भन्ने विषय भने यकिन गरेका छैनन् । उनको कार्यकाल महासंघमा चैतमा सकिँदैछ । ‘सगरमाथा चढ्नु गम्भीर विषय हो, यसअघि पनि केही हिमालमा २१ हजार फिटसम्म चढिसकेको छु, सगरमाथा चढ्नु अगाडि केही हिमालहरु चढ्छु, ती हिमाल चढेर मनमा आगो बलेपछि सगरमाथा चढ्छु,’ उनले योजना सुनाए । शेखर गोल्छा ट्रेकिङ गर्न रुचाउँछन् । उनी केही समय हुनेबित्तिकै ट्रेकिङमा निस्किहाल्छन् । महासंघको अध्यक्ष बनिसकेपछि भने उनको व्यस्तता बढेको कारण धेरै घुम्न नपाएको बताउँछन् । उनी काठमाडौं वरिपरिका अधिकांश डाँडा पनि चढिसकेको सुनाउँछन् ।
टाटाको मेगा सर्भिस क्याम्पको समुद्घाटन, कार सर्भिसमा नगद फिर्तादेखि छुटैछुट
काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । कम्पनीका अनुसार टाटाको देशभर १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन हुनेछन् । कम्पनीका अनुसार काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित ग्राहक केन्द्रबाट क्याम्प सञ्चालन हुनेछन् । त्यसैगरी उपत्यका बाहिर पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौंडा, धनगढी र नेपालगञ्ज ग्राहक सेवा केन्द्रमा क्याम्प सञ्चालन हुनेछन् । क्याम्पमा टाटाका पेसेन्जर कारहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नारायणकाजी
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार मन्त्रिमण्डलमा श्रेष्ठ सहभागी भएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन् । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् । सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि बालुवाटार खाली गर्दै देउवा
काठमाडौं । मुलुकको नयाँ प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्ति भएपछि आजै पूर्व प्रधानमन्त्री देउवाले आजै बालुवाटार खाली गर्ने भएका छन् । देउवाले आजै दिउसोसम्म बालुवाटार खाली गर्न लागेको स्रोतले बताएको छ । आजै साँझ ४ बजे प्रचण्डद्वारा प्रधानमन्त्रीमा सपथ लिने तयारी भएकाले देउवाले सो समय अगाडि नै बालुवाटार निवास खाली गर्न लागेका हुन् । बुढानिलकण्ठ स्थित देउवाको निवास मर्मत भइरहेकोले उनको आगामी बसाई भने अन्यत्रै हुनसक्ने बताइएको छ ।
दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने प्रचण्डकाे तयारी
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज अपराह्न हुने शपथकाका लागि प्रचण्डले दौरा सुरुवाल लगाउने तयारी भएको उनको सचिवालयले जनाएको छ । यसअघि दुई पटकसम्म सटपेन्टमा प्रधानमन्त्रीको शपथ खाएका प्रचण्डले तेस्रो सपथ दौरा सुरुवालमा खाने तयारी गरेका हुन । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज अपराह्नका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् । सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन । मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”