कास्कीमा होमस्टेले तान्यो पर्यटक
पोखरा । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट। रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने। कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा एक वर्षयता होमस्टे र रमणीयस्थल अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ। याङजाकोट संस्कृतिविद् डा जगमान गुरुङको जन्मस्थान पनि हो। पछिल्ला वर्षमा कास्कीका गाउँमा सडक र यातायातको विकास भएसँगै स्वदेशी तथा विदेशी पर्यटक ती ठाउँमा सहजै पुग्न सक्छन्। पर्यटक लक्षित खुलेका होमस्टेमा बास बस्नका लागि यतिबेला दैनिक तीन–चार ग्रुप त्यहाँ पुग्ने गरेको जानकारी विनम होमस्टे सञ्चालन गर्दै आएकी खिमकुमारी गुरुङ बताउँछिन्। शुक्रबार र शनिबार भने पाँच–छ ग्रुप नै आइपुग्छन्। दिनहुँको कामले हुने तनावबाट मुक्त हुन शान्त वातावरण खोज्दै पोखरा तथा आसपासका स्वदेशी पर्यटक त्यहाँ पुग्ने गरेको जानकारी होमस्टे सञ्चालक बताउँछन्। पोखराको काँहुखोलाबाट १८ किलोमिटर सडक पार गरेपछि याङ्जाकोट पुग्न सकिन्छ। काँहुखोलादेखि कसेरी, सुनपँधेली, चितेपानी, मादबेँसी, तारकाङको माझाडिही हुँदै याङ्जाकोट पुग्न सकिन्छ। याङ्जाकोट पुग्नका लागि काँहुखोलादेखि माझाडिहीसम्म १२ किलोमिटर पक्की सडक छ भने छ किलोमिटर कच्ची सडक छ। याङ्जाकोटमा यतिबेला नौवटा होमस्टे सञ्चालित छन्। त्यहाँ एक सय ३० जना पाहुना राख्न सकिन्छ। मादी गाउँपालिकाको कार्यालय पनि त्यही स्थानमा भएकाले मानिसको आउजाउ झनै बढ्दै गएको छ। मादी गाउँपालिका–३ का वडाध्यक्ष विकास गुरुङले पछिल्लो समय गाउँमा पर्यटकको सङ्ख्या बढ्नुको साथै यहाँका एतिहासिक तथा पर्यटकीयस्थलको विकासमा वडाले जोड दिएको बताए। याङजाकोटसम्म पुग्ने छ किलोमिटर सडक पनि पिच गर्न सके गाउँमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष गुरुङको भनाइ छ। गाउँमाथिको क्रपु डाँडा पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण मानिएकै कारण विदेशी पर्यटकलाई त्यहाँ पुर्याउन कच्ची सडक विस्तार गर्ने योजना गाउँपालिकाले राखेको जानकारी वडाध्यक्ष गुरुङले दिए। क्रपु डाँडामा हिउँ परेपछि हिउँ खेल्न जाने पर्यटकको ताँती लाग्ने गर्छ। गुरुङ र मगरले सञ्चालन गर्दै आएको होमस्टेमा पर्यटकको आकर्षण बढी हुने गरेको छ। उनीहरुले दिने संस्कार र सेवाबाट नै पर्यटक आकर्षित हुने गर्छन्। याङ्जाकोट पूर्वपट्टि फर्किएको गुजुमुच्च बस्ती छ। सूर्य झुल्कनासाथ सबैको घरआँगनमा घाम लाग्ने, दुई सय ५० घर कुरिया याङ्जाकोमा पोखराबाट वनभोज खान जानेको सङ्ख्या पनि पछिल्लो समय बढ्न थालेको छ। आँखै अगाडि लमतन्न परेको अन्नपूर्ण हिमशृङ्खलाबाट पनि पर्यटक आकर्षित हुने गरेको स्थानीय सुकवीर गुरुङले बताए। तीन वर्षअघि ताङतिङबाट क्रपु जोड्नको लागि अस्थायी ट्रयाक खुलेपछि गत वर्षबाट त्यहाँ घुम्न जाने पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको जानकारी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले दिए। हिउँदमा हिउँ पर्ने, लालीगुराँस फुल्ने र बर्खामा भुइँभरि रङ्गीविरङ्गी फूल फुल्ने यो क्षेत्र गुरुङ जातिको प्राचीन तथा ऐतिहासिक थलो मानिन्छ। यहाँबाट सूर्योदयको दृष्य देखिनुका साथै अन्नपूर्ण र लमजुङ हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने कास्की र लमजुङका थुप्रै गाउँ हेर्न सकिन्छ। सांस्कृतिक पहिचान र शुद्ध पर्यावरणीय वातावरणको कारण याङ्जाकोट कास्की जिल्लाकै पर्यटकीय महत्वपूर्ण आकर्षणको केन्द्र बन्न पुगेको उनको भनाइ छ। याङजाकोटबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पोखरा उपत्यकाको केही भाग, पुम्दीको शान्ति स्तूप, शिव मन्दिर, सराङकोट, काँहुकोट तथा धरहरा, मादी नदी, पर्यटकीयस्थल थाक, मौजा, तप्राङ, खिलाङ, तारकाङ, मादबेँसी सैमराङका विभिन्न गाउँ अवलोकन गर्न सकिने जानकारी गाउँपालिकाका अध्यक्ष गुरुङले दिए।
सानिमा बैंकका २१ वटा सवारी फिर्ता गर्न सूर्य कन्स्ट्रक्सनलाई निर्देशन
काठमाडौं । सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बिभिन्न शिर्षकमा कर्जा लिएको र बैकसँग गरेको सम्झौता बमोजिम साँवा ब्याज, किस्ता, हर्जाना ब्याज लगायत अन्य बुझाउनु पर्ने सम्पूर्ण दस्तुर नतिरेको हुनाले धितोमा राखिएको सवारीहरु फिर्ता गर्न बैंकले आग्रह गरेको छ । साथै, बैंकको नाममा सुरक्षण स्वरूप रहेका सवारी साधनहरू बैंकमा नबुझाएको हुँदा ७ दिनभित्र पायक पर्ने शाखा वा बैंकको केन्द्रिय कार्यालयमा बुझाउन ऋणी र जमानतकर्ताहरूलाई आग्रह गरेको हो । हाल उक्त सवारी साधन ऋणी बाहेक अन्य कसैद्वारा प्रयोग गरिएको भएमा गैर कानुनी हुने बैंकको ठहर छ । सवारी साधन नबुझाइएमा प्रचलित कानुन अनुसार कारबाही अगाडि बढाउने बैंकले चेतावनी दिएको छ । सवारी साधन गैर कानुनी कार्यमा प्रयोग भएमा वा कुनै घटना घटेमा सम्पूर्ण जिम्मेवारी ऋणी तथा सवारी साधन प्रयोगकर्ताले नै लिनु पर्ने बैंकले जनाएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ६ स्थित रहेको सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बैंकलाई विभिन्न २१ वटा सवारी साधन बुझाउनु पर्ने छ । जसमा बा ३ क १५११, १५१०, १५०९, १५१४ नम्बरको एमसीभि टिप्पर र ट्रक रहेका छन् । यस्तै, ना १ क ५००७ र ५०१० नम्बरका टाटा टिप्पर रहेका छन् । यस्तै, ना १ क ८०१२, ८०१३, ८०१४, ८०१५ नम्बरको अशोक लेल्याण्डका सवारी साधन, बा २ क ७४३० र बा २ क २५४६ नम्बरको भाइब्रेटर स्वाइल कम्प्याक्टर, बा २ क ८५६६ र ८५६५ नम्बरका सेल्फ लोडिङ मोबाइल कंक्रिट मिक्सर, ना १ क ५०११ नम्बरको टाटा ट्रक, बा २ क ३२१३ नम्बरको मोटर ग्रेडर, बा २ क ७८० नम्बरको जेसीबी, बा २ क ६७६ नम्बरको एक्जाभेटर, बा १ क ९१२४ नम्बरको टाटा टिप्पर, बा १ क ६८९७ नम्बरको कोमात्सु एक्जाभेक्टर र बा ७ च ९३५४ नम्बरको टोयोटा पिकअप सवारी फिर्ता गर्नुपर्ने भएको हो ।
देउवाको विरोध : ‘पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ’
। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । देउवाले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरे । गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? भन्ने प्रश्न गर्दै घिमिरेले लेखेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’
आधा घट्यो इन्धन आयात, भारतभन्दा नेपालमा महँगो
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिनुभयो । विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उहाँले बताउनुभयो । भारतमा भन्दा नेपालमा इन्धनको मूूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उहाँको भनाइ छ । तरलता अभाव, बैङ्कको चर्को ब्याजदरले औद्योगिक उत्पादनमा कमी आउनु र विकास निर्माणको काम नहुँदा इन्धनको खपतमा कमी आएको निगमले जनाएको छ । निगमका अनुसार कुल खपतको २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक प्रयोजनमा खपत हुने गर्छ । जलविद्युत् निर्माणमा बढी डिजेलको खपत हुने गरेकामा पछिल्लो समय निर्माण कार्य ठप्प अवस्थामा छ । विभागका अनुसार पाँच महिनाको अवधिमा २८ अर्ब ५९ करोड ६१ लाख रुपियाँ बराबरको दुई लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल आयात भएको छ । त्यस्तै ५५ अर्ब ४८ करोड ५९ लाख ७० हजार रुपियाँ बराबरको चार लाख २४ हजार ५१० किलोलिटर डिजेल आयात भएको छ । यसबाहेक नौ अर्ब २० करोड ३४ लाख ३३ हजार रुपियाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन र ५८ करोड २९ लाख २५ हजार रुपियाँ बराबरको चार हजार ३४४ किलोलिटर मट्टीतेल आयात भएको विभागको तथ्याङ्क छ । पाँच महिनामा २३ अर्ब ७५ करोड आठ हजार ६३८ रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ । भारतको तुलनामा नेपालमा इन्धनको मूल्य महँगो भएकाले खपतमा उल्लेख्य कमी आएको निगमले जनाएको छ । भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १५ रुपियाँ र डिजेल २५ रुपियाँ महँगो छ । यसअघि भारतमा भन्दा नेपालमा मूल्य सस्तो हुँदा तस्करी भएर भारतमा जाने गरेको थियो । ३९ अर्ब राजस्व सङ्कलन चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात गरेर ३९ अर्ब १७ करोड ४८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । इन्धनमा विभिन्न शीर्षकमा राजस्व सङ्कलन हुने गर्छ । प्रतिलिटर पेट्रोलमा कुुल राजस्व ६३ रुपियाँ ३६ पैसा, डिजेलमा ४७ रुपियाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपियाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपियाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपियाँ सङ्कलन हुने गर्छ । भन्सार बिन्दुुमा सङ्कलन भएको राजस्व सरकारको खातामा जम्मा हुने गर्छ । भन्सार शुुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपियाँ २० पैसा, डिजेलमा १२ रुपियाँ, मट्टीतेलमा १२ रुपियाँ, हवाई इन्धनमा दुई रुपियाँ १० पैसा र ग्यासमा ९१ रुपियाँ ८२ पैसा सङ्कलन हुने गर्छ । मूल्य अभिवृद्धि कर (भ्याट) बापत पेट्रोलमा २० रुपियाँ ८२ पैसा, डिजेलमा १९ रुपियाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपियाँ ८६ पैसा र ग्यासमा २०१ रुपियाँ सङ्कलन हुने गर्छ । यस्तै पूर्वाधार करबापत प्रतिलिटर डिजेल र पेट्रोलमा १० रुपियाँ सङ्कलन हुने गर्छ । सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजल प्रतिलिटरमा दुुई रुपियाँ सङ्कलन हुने गर्छ । वातावरण शुुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ ।आजको गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले समाचार लेखेकी छिन् ।
शाईन रेसुङ्गाको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको १४ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा शुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
सिटिजन लाइफका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट, कति वर्षसम्मको पाइन्छ ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख २ वर्षदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरुमा शतप्रतिशत विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । ‘नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नु पर्नेमा सो भुक्तानी नभई २ वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरु पुस ११ गतेदेखी पुस २५ गतेसम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भक्तानी गरेमा सो मा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रूपमा छुट प्रदान गरिएको छ,’ कम्पनीको सूचनामा भनिएको छ । विलम्ब शुल्क छुट बीमा अवधि भरी एक पटक मात्र पाईने भएकाले यहि मौकामा नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय गर्न कम्पनीले आग्रह गरेको छ । थप जानकारी आवश्यक परेमा नजिकको शाखा र उपशाखा कार्यालयमा तथा अभिकर्ताहरुसँग सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको परीक्षण उडान सम्पन्न
कास्की । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नियमित उडान गर्ने जनाएको छ । विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इञ्चार्ज जितेन्द्र यादवले बताए । उनका अनुसार युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय ‘सिआरजे २००’ जहाजमा जेट इन्जिन भएकाले सुरक्षित एवं आरामदायीसहित द्रुत गतिको मानिन्छ । हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादबले बताउनुभयो । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ । इञ्चार्ज यादवले भने, ‘हाम्रो सेवालाई थप चुस्त बनाउने क्रममा पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुसीको कुरा हो । पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ ।’ पोखरा–काठमाडौं भाडा सुरुआतमा न्यूनतम चार हजार एक सय तोकिएको छ । यात्रुको चापअनुसार अन्य एयरलाइन्ससरह मूल्य तोकिने कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै विमान कम्पनीहरुले परीक्षण उडान गर्दै आएका छन् । केही दिनअघि बुद्धएयर र यति एयरलाइन्सले सफलतापूर्वक परीक्षण उडान गरेका थिए । पुस १७ देखि नवनिर्मित विमानस्थलदेखि आन्तरिक हवाई सेवा दिनका लागि कम्पनीले कार्यालय व्यवस्थापनलगायतका कार्य गरिरहेका छन् ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यस्तो छ राजनीतिक जीवन
काठमाडौं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उहाँ प्रधानमन्त्री बन्न सफल भएका हुन् । उनको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ । पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए । उनले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आएका छन् । नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ । उनी विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका उनी २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका थिए । उनले एमपीएसम्मको अध्ययन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरेका हुन् । विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उहाँको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् । विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गर्नुभएका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ । उहाँ नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । उनी विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । विसं २०४१ मा नेकपा (मशाल)को पाँचाँै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए । विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभएका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । उनी विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए । साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन् । उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भएका थिए । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भए । यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन । विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो । यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन् । सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका हन् । रासस