
काठमाडौं । कृषि विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उपमहाप्रबन्धक सुवेदीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
सीईओ अनिलकुमार उपाध्यायको कार्यकाल सकिएसँगै सुवेदीलाई कामु सीईओको जिम्मेवारी दिइएको बैंक सञ्चालक सञ्जीव पौडेलले विकासन्युजलाई जानकारी दिए ।
साथै, अब नयाँ सीईओको लागि विज्ञापन खुला गर्ने उनले बताए । ‘बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सीईओको कार्यकाल नदोहोर्याउने निर्णय गरेको छ, बैंकका अध्यक्ष विदेश जानु भएको छ, उहाँ आएपछि नयाँ सीईओको लागि प्रकृया अघि बढ्छ,’ उनले भने ।
सीईओ उपाध्याय २०७५ पुस १० गते बैंकको सीईओमा नियुक्त भएका थिए । उनको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो ।