प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि बालुवाटार खाली गर्दै देउवा

<p>काठमाडौं । मुलुकको नयाँ प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्ति भएपछि आजै पूर्व प्रधानमन्त्री देउवाले आजै बालुवाटार खाली गर्ने भएका छन् । देउवाले आजै दिउसोसम्म बालुवाटार खाली गर्न लागेको स्रोतले बताएको छ । आजै साँझ ४ बजे प्रचण्डद्वारा प्रधानमन्त्रीमा सपथ लिने तयारी भएकाले देउवाले सो समय अगाडि नै बालुवाटार निवास खाली गर्न [&hellip;]</p>

काठमाडौं । मुलुकको नयाँ प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्ति भएपछि आजै पूर्व प्रधानमन्त्री देउवाले आजै बालुवाटार खाली गर्ने भएका छन् । देउवाले आजै दिउसोसम्म बालुवाटार खाली गर्न लागेको स्रोतले बताएको छ ।

आजै साँझ ४ बजे प्रचण्डद्वारा प्रधानमन्त्रीमा सपथ लिने तयारी भएकाले देउवाले सो समय अगाडि नै बालुवाटार निवास खाली गर्न लागेका हुन् । बुढानिलकण्ठ स्थित देउवाको निवास मर्मत भइरहेकोले उनको आगामी बसाई भने अन्यत्रै हुनसक्ने बताइएको छ ।

Share News