विकासन्युज

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जितेका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा ४० रुपैयाँ अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ । आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताए । आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आएका थिए । नगरप्रमुख दाहालले भने, ‘प्रचण्ड चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उनीसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उनको भूमिका रहन्छ ।’ चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता राजन गौतमले उनी प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे । जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो । नेकपा एमालेका नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताए । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याएको स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे । नारायणी तटबन्धजस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उनी प्रधानमन्त्री भएपछि अझै सहज भएको बताए । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ ।

सगरमाथा इन्स्योरेन्सद्धारा धानबाली बीमाको क्षतिपुर्तिको रकम प्रदान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले धानबाली बीमाको क्षतिपुर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण  स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको ‘बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा’ कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य तथा आर्थिक सहयोगमा संचालित परियोजना अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो । सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा पुस १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम ४ लाख १ हजार ४९९ रुपैयाँको दावी भुक्तानी गरे ।

म अपमानित भएर आएको हुँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापाले यस्तो बताएका हुन् । फेस्टिभलमा मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’

बाँकेका गाउँमा अझै भएन विद्युतीकरण, स्थानीय अध्याँरोमा बस्न बाध्य

बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, उनले भने । पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका स्थानमा विद्युत्को पहुँच छैन । लुुम्बिनी प्रदेससभाका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’ ले नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि चासो देखाएर विद्युतीकरणको पहल गरेका छन् । गाउँपालिका अध्यक्ष शाहको पहलमा प्रदेशसभा सदस्य केसीले आफ्नो चुनावी क्षेत्रका केही दुर्गम बस्तीमा देखिएको विद्युत्को अभावबारे अनुगमन गरेर जानकारी लिएका छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमसहित प्राविधिक टोली विद्युत् नपुगेको बस्तीको अनुगमन गरी फर्किएको छ । गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको बनियाँ गाउँमा हालसम्म बिजुली नपुगेकाले तत्काल विद्युत् पु¥याउन प्राधिकरणका प्रमुख गौतमसँग आग्रह गरेकोसमेत जानकारी दिए । नरैनापुरमा थप विद्युत् विस्तारका लागि एक हजार ५०० खम्बा र उक्त खम्बामा लाग्ने तारको व्यवस्था गर्न माग गरिएको छ । गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि खुसीको कुरा भएको उल्लेख गरे । अब सिँचाइका लागि विद्युत् विस्तार गर्न जरुरी भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य केसीले नरैनापुरको अन्य गाउँमा छ महिनाभित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताए । उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजीगरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडेर स्थानीय उत्पादनको सहज बजारीकरणका लागि पहल गर्ने उल्लेख गरे । विद्युत् प्राधिकरणका प्रमुख गौतमले नरैनापुरमा ६० प्रतिशत विद्युत् विस्तार भइसकेकाले बाँकी काम छिटो सम्पन्न हुने जानकारी दिए । रासस

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम काड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

राप्रपाले भन्यो : अहिल्यै सरकारमा जाँदैनौं, समर्थन मात्र गर्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

नर्भिकले पुस २९ गते बोलायो साधारण सभा, ४० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले वार्षिक साधारण सभा ‍बाेलाएकाे छ । केही दिनअघि बसेको हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बाेलाएकाे हाे । साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् । सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई पारित गर्नेछ । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुग्नेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु पारित गर्नेछ ।

सिद्धार्थ बैंकको नवनिर्मित भवनको समुद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल स्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसै गरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रहि योगदान प्रदान गरेका सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरि बैंकका ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको हो । केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्ज स्थीत आफ्नै कार्यालय भवनबाट समेत बै‍किङ्ग सेवा सुचारु ग्रिसहकेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैैकिङ्ग मार्फत आम ग्राहकहरुसमक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैकले जनाएको छ ।