नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

<p>काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन । मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ [&hellip;]</p>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन ।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”

Share News