दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने प्रचण्डकाे तयारी

<p>काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज अपराह्न हुने शपथकाका लागि प्रचण्डले दौरा सुरुवाल लगाउने तयारी भएको उनको सचिवालयले जनाएको छ । यसअघि दुई पटकसम्म सटपेन्टमा प्रधानमन्त्रीको शपथ खाएका प्रचण्डले तेस्रो सपथ दौरा सुरुवालमा खाने तयारी गरेका हुन । राष्ट्रपति [&hellip;]</p>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

आज अपराह्न हुने शपथकाका लागि प्रचण्डले दौरा सुरुवाल लगाउने तयारी भएको उनको सचिवालयले जनाएको छ । यसअघि दुई पटकसम्म सटपेन्टमा प्रधानमन्त्रीको शपथ खाएका प्रचण्डले तेस्रो सपथ दौरा सुरुवालमा खाने तयारी गरेका हुन ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज अपराह्नका लागि तय भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।

सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

Share News