सगरमाथा चढ्दै शेखर गोल्छा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सगरमाथा चढ्ने योजना बनाएका छन् । महासंघको अध्यक्षका रुपमा कार्यकाल सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला उनले सगरमाथा चढ्ने योजना रहेको बताएका हुन् । महासंघमा अध्यक्षको कार्यकाल सकिए लगत्तै उनले देशका विभिन्न हिमालहरु चढेर अन्तितमा सगरमाथा चढ्ने योजना बनाएको बताएका छन् । ‘हिमाल चढ्ने [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सगरमाथा चढ्ने योजना बनाएका छन् । महासंघको अध्यक्षका रुपमा कार्यकाल सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला उनले सगरमाथा चढ्ने योजना रहेको बताएका हुन् ।

महासंघमा अध्यक्षको कार्यकाल सकिए लगत्तै उनले देशका विभिन्न हिमालहरु चढेर अन्तितमा सगरमाथा चढ्ने योजना बनाएको बताएका छन् । ‘हिमाल चढ्ने मेरो लक्ष्य हो, सगरमाथा चढ्नु अगाडि केही हिमालहरु चढ्छु, कुन–कुन हिमाल चढ्ने भनेर पछि थाहा हुन्छ, म देशको हरेक ट्रेकिङ रुटहरुमा हिड्न चाहन्छु, आफ्नो योजना सुनाउँदै भने, अब म आफैलाई र मेरो बिजनेसलाई समय दिन्छु,’ उनले विकासन्युजसँग भने ।

महासंघको अध्यक्ष बनेर त्यसलाई सफल कार्यकालका रुपमा लिँदै उनले सगरमाथा चढ्ने योजना बनाएका हुन् । तर, कहिले चढ्ने भन्ने विषय भने यकिन गरेका छैनन् । उनको कार्यकाल महासंघमा चैतमा सकिँदैछ ।

‘सगरमाथा चढ्नु गम्भीर विषय हो, यसअघि पनि केही हिमालमा २१ हजार फिटसम्म चढिसकेको छु, सगरमाथा चढ्नु अगाडि केही हिमालहरु चढ्छु, ती हिमाल चढेर मनमा आगो बलेपछि सगरमाथा चढ्छु,’ उनले योजना सुनाए ।

शेखर गोल्छा ट्रेकिङ गर्न रुचाउँछन् । उनी केही समय हुनेबित्तिकै ट्रेकिङमा निस्किहाल्छन् । महासंघको अध्यक्ष बनिसकेपछि भने उनको व्यस्तता बढेको कारण धेरै घुम्न नपाएको बताउँछन् । उनी काठमाडौं वरिपरिका अधिकांश डाँडा पनि चढिसकेको सुनाउँछन् ।

Share News