विकासन्युज

सरकारले सुकुम्बासी बसेको ठाउँ खाली गराउने, अन्तै सार्ने

काठमाडौं । सरकारले सुकुम्बवासीको व्यवस्थापन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बसेको ठाउँलाई खाली गराएर सुकुम्वासीलाई अन्तै सार्ने बताएका हुन् । लामो समयदेखि सुकुम्वासीको व्यवस्थापन समस्याका रुपमा देखिएको छ ।

विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिइने

काठमाडौं । सरकारले विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।

राइडर कम्पनीहरुलाई कानुनी दायरामा ल्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले राइडर कम्पनीहरुलाई कानुनी दायरा ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक यातायात सेवा प्रदान गरिरहेका राइडर कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन ऐन नियम बनाइने भएको हो । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिने बताए । साथै, निजी तवरमा सार्वजनिक यातायातसँग सम्बन्धीत बोर्ड कम्पनी लगायतका सबै संरचनालाई एकीकृत उनले बताए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई ईभी बनाउन सहुलियत दिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी बनाउन सहुलियत दिइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले अब सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने बताए ।

वायुसेवा निगमलाई निजीकरण गरिने

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे निजीकरण गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाईने बताएका हुन् । यस्तै, पौडेलले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागु गरिने बताए । ‘आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम टर्मिनल भवनको स्तारोन्नती गरी नियमित वायुसेवा सञ्चालन गरिनेछ, नपाल वायुसेवा निगमको पुनसंरचना गरिनेछ, नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गरि नेपाली वायुसेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय सेवा विस्तार गरीनेछ, निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याईनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

सरकारी कार्यालयमा विद्युतीय गाडी खरिद गरिने

काठमाडौं । सरकारले सरकारी कार्यालयमा विद्युतीय गाडी खरिद गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।

पुँजी बजारको संरचना सुधार, जग्गाको नापी स्थानीय तहबाटैदेखि लघुवित्तलाई कडाइसम्म

काठमाडौं । सरकारले पूँजी बजारको संरचनागत सुधार गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने बताएका हुन् । उनले पूँजी बजारमा गैर आवाशीय नेपालीहरुलाई लगानी खुला गरिने उनले बताए । ‘पूँजी बजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिनेछ, पूँजी बजारमा गैर आवाशीय नेपालीहरुलाई लगानी खुला गरिनेछ, वैदेशीक रोजगारीमा जाने युवाहरुलाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिनेछ,’ उनले भने, ‘गैर आवाशीय नेपालीहरुको ज्ञान, सीप, पूँजी, प्रविधिलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’ यस्तै, उनले सरकारले मालपोत नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट नै दिने व्यवस्था बताएका छन् । उनले सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको श्रेश्ता बमोजिम विद्युतीय लगत तयार गरिने बताए । भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्याङक पद्धतिको विकास गरी जग्गा खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाइने बताए । यस्तै, उनले लघुवित्तलाई थप व्यवस्थित गर्न प्रभावकारी नियमन र सुपरीवेक्षणको व्यवस्था गरिने बताएका हुन् । उनका अनुसार दीगो र हरित अर्थतन्त्रको आधार तयार गरी वित्तीय स्थायीत्व कायम गरिनेछ । साथै, बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गरिने उनले बताए । वित्तीय क्षेत्रको लगानीलाई उत्पादनशील क्षेत्रमा लगानी गरिने उनको भनाइ छ । ‘प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्गमा प्रवाह हुँदै आएको कर्जालाई थप उत्पादनमुलक बनाइनेछ, लघुवित्तलाई व्यवस्थित गर्न प्रभावकारी नियमन र सुपरीवेक्षणको व्यवस्था गरिनेछ,’ उनले भने । तरलता अभाव हुन नदिन प्रदेश तथा स्थानिय तहमा रहेको रकमलाई खर्च गर्नमा जोड दिने उनले बताए । उनले सरकारले उद्देश्य अनुसार सञ्चालन नभएका सार्वजनिक संस्थान तथा कोषहरु खारेज तथा गाभ्ने बताएका छन् । ‘वर्तमान परिवेशमा असान्धर्विक भएका, उद्देश्य अनुसार कार्य गर्न नसकेका सरकारी कार्यालय, सार्वजनिक संस्था, विकाश समिति तथा कोषहरुलाई एक आपसमा गाभिने वा खारेज गरिनेछ’, उनले भनेका छन्, ‘खारेज भएका वा गाभिएका संस्थाका सम्पत्ति तथा जनशक्ति व्यवस्थापका गर्न आवश्यक जनशक्ति व्यवस्थानका लागि कानुन बनाईनेछ । अध्ययनका आधारमा रुष्ठ अवस्थामा रहेका सार्वजनिक संस्थाहरुको पुनसंरचना, पुनउत्थान गरिनेछ ।’

राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले राष्ट्रिय गौरवका रूपान्तरणकारी आयोजनालाई प्राथमिकता दिइने बताएका हुन् । आयोजना वर्गीकरण निर्देशिका बमोजिम तिन तहमै सञ्चालन हुने आयोजनालाई वर्गीकरण गर्ने पनि पौडेलले बताए । ‘दीर्घकालीन खर्च सम्झौता र परियोजना बैंकलाई तिनै तहमा संस्थागत गरिने तथा विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनलाई तीव्रता दिइने र आयोजनाको लागि जग्गा प्राप्ति, खरिद प्रक्रियामा सहज गर्ने विकास आयोजना सम्बन्धी कानुन ल्याइने छ,’ उनले भने । ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने पनि उनले बताए । राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरी निति योजना अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गर्ने पनि उनकाे भनाइ छ ।