शिक्षक दरबन्दी घटाइने, प्रविधि मार्फत पठनपाठनलाई जोड दिइने
फाइल फोटो काठमाडौं । सरकारले शिक्षक दरबन्दी घटाउँदै लैजाने नीति अगाडि सारेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षक दरबन्दी कम गर्दै गएर शिक्षकको संख्या पनि कम गर्ने बताएका हुन् । उनले विद्यार्थीहरुको पठन पाठनलाई प्रविधिमार्फ्त गरिने विषयलाई प्राथमिकता दिने बताएका छन् ।
हुलाक बचत बैंकलाई सरकारी बैंकमा गाभिने
काठमाडौं । सरकारले हुलाक बचत बैंकलाई सरकारी बैंकहरुमा गाभ्ने तयारी गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकहरुलाई सरकारी स्वामित्वका वाणिज्य बैंकमा गाभिने बताए । यस्तै, सुरक्षण मुद्रण केन्द्र र मुद्रा विभागलाई गाभेर मुद्रण कार्य एउटा छाना मुनी ल्याउन संरचना तयार गरिने उनले बताए । सुरक्षण मुद्रण र नेपाल सरकारका आधिकारिक दस्तावेजका छपाइ देशभित्रै गरिने प्रबन्ध मिलाइने पनि उनले जानकारी दिए । साथै, साइबर सुरक्षा सम्बन्धी छुट्टै कानुन बनाइने उनले बताए ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने
काठमाडौं । अब अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले नेपालमा पेट्रोल र डिजेलको मूल्य विदेशमा बढे बढ्ने र घटे घट्ने बताए । अहिले भारतीय आयल कर्पाेरेशनले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नेपालमा नयाँ मूल्य सूचि पठाउने गरेको छ । तर, निगमले स्वचालित मूल्य प्रणाली लागु नगरी आफूखुशी पेट्रोलियम पदार्थको मूल्य तोक्दै आएको छ । अब स्वचालित मूल्य प्रणाली लागु भएपछि अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य कायम हुनेछ ।
विभिन्न सेवामा जेष्ठ नागरिकलाई छुट
काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई विभिन्न सेवा सुविधामा छुट तथा सहुलियतको व्यवस्था गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जेष्ठ नागरिकलाई सस्तो तथा अन्य सुविधामा छुट तथा सहुलियत दिइने छ घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीयत तहको समन्वयमा आवास केन्द्र निर्माण गरिने पनि बताएका छन् ।
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने
काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । यसअघि पटक/पटक विवादका कारण रोकिएको विमानस्थल बनाउने सरकारले घोषणा गरेको हो । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने बताएका हुन ।
राजमार्गमा १ हजार शौचालय बनाइने
काठमाडौं । सरकारले बढी भीड हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले सहरी तथा राजमार्ग वरीपरि यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थानमा निजी तथा सामुदायिक साझेदारीमा कम्तिमा १ हजार सुविधा सम्पन्न सार्वजनिक सौचालय र विश्राम स्थल निर्माण गरिने भएको हो । तीनै तहका सरकारको समन्वयमा सरसफाइ अभिायन सञ्चालन गर्ने उनले बताए । नदि नाला तथा पानीको स्रोतलाई प्रदुषण मुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गरिने उनको भनाइ छ ।
रेडियो नेपाल र नेपाल टेलिभिजन गभिने
काठमाडौं । सरकारले रेडियो नपाल र नेपाल टेलिभिजनलाई गाभ्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । ‘सार्वजनिक प्रशारकको स्थापना गरि यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत सार्वजनिक प्रशारण संस्थाको रुपमा बनाईनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
इजरायलद्वारा जेरुसेलम यातायातमा ३ करोड शेकेल लगानी
टीपीएस । जेरुसेलम दिवसको अवसरमा, यातायात र सडक सुरक्षा मन्त्री मिरी रेगेभले हाल जेरुसेलम शहरको लागि मन्त्रालयले प्रवर्द्धन गरिरहेको यातायात पूर्वाधार परियोजनाहरू प्रस्तुत गरेका छन् । सो प्रयोजनका निम्ति ३ करोड शेकेल बिलियन शेकेल ८.२५ अमेरिकी डलर लगानी गरिएको छ । सो कार्क्रममा शहरको लाइट रेल प्रणालीको विस्तार जस्ता परियोजनाहरू संलग्न छन् । शहरमा लाइट रेल नेटवर्कमा लगानीका साथसाथै, यातायात मन्त्रालयले यसको सेवा, फ्रिक्वेन्सी र विश्वसनीयता सुधार गरेर सार्वजनिक यातायातको प्राथमिकता बढाउँने उद्देश्यले विभिन्न परियोजनाहरूमा लगभग ९० करोड शेकेल २४८ मिलियन अमेरिकी डलर लगानी गरिरहेको छ । रासस