वायुसेवा निगमलाई निजीकरण गरिने

<p>काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे निजीकरण गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाईने बताएका हुन् [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे निजीकरण गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।

उनले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाईने बताएका हुन् ।

यस्तै, पौडेलले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागु गरिने बताए ।

‘आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम टर्मिनल भवनको स्तारोन्नती गरी नियमित वायुसेवा सञ्चालन गरिनेछ, नपाल वायुसेवा निगमको पुनसंरचना गरिनेछ, नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गरि नेपाली वायुसेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय सेवा विस्तार गरीनेछ, निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याईनेछ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

Share News