राइडर कम्पनीहरुलाई कानुनी दायरामा ल्याउने सरकारको घोषणा

<p>काठमाडौं । सरकारले राइडर कम्पनीहरुलाई कानुनी दायरा ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक यातायात सेवा प्रदान गरिरहेका राइडर कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन ऐन नियम बनाइने भएको हो । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर [&hellip;]</p>

काठमाडौं । सरकारले राइडर कम्पनीहरुलाई कानुनी दायरा ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक यातायात सेवा प्रदान गरिरहेका राइडर कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन ऐन नियम बनाइने भएको हो ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिने बताए ।

साथै, निजी तवरमा सार्वजनिक यातायातसँग सम्बन्धीत बोर्ड कम्पनी लगायतका सबै संरचनालाई एकीकृत उनले बताए ।

Share News