राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने

<p>काठमाडौं । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले राष्ट्रिय गौरवका रूपान्तरणकारी आयोजनालाई प्राथमिकता दिइने बताएका हुन् । आयोजना वर्गीकरण निर्देशिका बमोजिम तिन तहमै सञ्चालन हुने आयोजनालाई वर्गीकरण गर्ने पनि पौडेलले बताए । ‘दीर्घकालीन खर्च सम्झौता र [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले राष्ट्रिय गौरवका रूपान्तरणकारी आयोजनालाई प्राथमिकता दिइने बताएका हुन् ।

आयोजना वर्गीकरण निर्देशिका बमोजिम तिन तहमै सञ्चालन हुने आयोजनालाई वर्गीकरण गर्ने पनि पौडेलले बताए । ‘दीर्घकालीन खर्च सम्झौता र परियोजना बैंकलाई तिनै तहमा संस्थागत गरिने तथा विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनलाई तीव्रता दिइने र आयोजनाको लागि जग्गा प्राप्ति, खरिद प्रक्रियामा सहज गर्ने विकास आयोजना सम्बन्धी कानुन ल्याइने छ,’ उनले भने ।

ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने पनि उनले बताए । राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरी निति योजना अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गर्ने पनि उनकाे भनाइ छ ।

Share News