यस्तो छ १८८ बुँदाको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम १८८ बुँदामा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममा वित्तीय, मौद्रिक तथा अन्य विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरूको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गरी समष्टिगत आर्थिक स्थायित्व कायम गरिने उल्लेख छ । यस्तै, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पूँजीगत खर्च, घट्दो राजस्व परिचालन तथाबाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन नीति तथा कार्यक्रममा उल्लेख छ । [pdf id=411127]
बैंक खाता खोल्नदेखि लालपुर्जा जारी गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य
काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले मतदान गर्न पाउने
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने ।
‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा, ५ लाखलाई रोजगारी दिइने
काठमाडौं । सरकारले ५ लाखलाई रोजगारी दिने गरी कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा गरेका हुन् । यस अभियान अन्तर्गत आगामी २ वर्षभित्र ५ लाखलाई आन्तरिक रोजगार श्रृजना गर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उनले बताए । साथै, उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलतासँग सम्बन्धीत संस्थाको कोष तथा कार्यक्रमहरुलाई एकीकृत गरिने उनको भनाइ छ ।
कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला २ वर्षभित्र स्तारोन्नती गरिने
काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले सरकारले आगमी २ वर्षभित्र उक्त रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न मिल्न गरी स्तारोन्नती गरिने बताए । चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि उनले बताए ।
श्रमिकको न्यूनतम ज्याला बढ्ने, स्वचालित प्रणाली लागू गर्दै सरकार
काठमाडौं । सरकारले श्रमिकहरुको न्यूनतम ज्याला बढाउने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् । ‘श्रम र श्रमिकको कभर हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण एवम् कार्यान्वयममा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली लागू गरिने,’ उनले भने ।
सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई समेटिने
काठमाडौं । सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई जोड्ने कार्यक्रम अगाडि सार्ने बताएका हुन् ।
एक पालिका एक स्मार्ट विद्यालय बनाउने सरकारको घोषणा
काठमाडौं । प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट बनाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पढ्न पाठन हुने व्यवस्था मिलाइने बताएका हुन् । पौडेलले सामुदायिक विद्यालयहरूलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिने पनि बताए ।