विकासन्युज

नाडाले उद्योग वाणिज्य मन्त्रीलाई बुझायो १० बुँदे नीतिगत सुझाव

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई विभिन्न १० बुँदे नीतिगत सुझाव बुझाएको छ । मन्त्रीसँगको भेटमा नाडाले चारपाँगे्र सवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्न दिइनुपर्ने लगायतका विभिन्न सुझावहरु पेश गरेको हो । छलफलको क्रममा अध्यक्ष चौधरीले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग उद्योगहरु खुल्दै गएको र चार पाँग्रे एसेम्बलिङ्ग उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोवाइल उद्यमी तथा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेकोले अटोमोवाइल उद्योगलाई अघि बढाउनका लागि स्थायी नीति ल्याउन आग्रह गरे । त्यस्तै, नाडाका सचिव विक्रम सिंघानियाले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने विभिन्न नीतिगत सुझावहरु समेत प्रस्तुत गरे । १. अस्थिर महशुल दरले व्यवसायीहरु हतोत्साहित भईरहेकोले महशुल दरहरुमा स्थिरता कायम गरिनु पर्ने देखिन्छ । खाशगरी मेक इन नेपालको अवधारणा अनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोवाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्ने सीकेडी स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगिहरुको मनोबलमा बृद्धि र यसलाई दिर्घकालिन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था कम्तिमा १५ वर्षसम्मको लागि कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुनेछ । २. एउटै ब्रान्ड्को पाट्र्स मुख्य उत्पादनकर्ताको अनुमती बिना तेस्रो पक्षबाट निर्बाध रुपमा पैठारी हुदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरु नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था हुनु पर्ने । ३. स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोवाइल सम्बन्धी एसेमब्लिङ्ग उद्योग, अटोमोवाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनु पर्ने जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोवाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्नेछ । ४. नेपाल र भारतविचको द्धिपक्षिय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानीलाई आकर्षित गर्न नेपालमा इन्टरनेशन इकोनोमिक जोन स्थापना गरिनु पर्ने । ५. नेपाल मै लुव्रिकेण्टस उद्योगहरु भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने । ६. नेपाल मै उत्पादन हुने सवै किसिमका अटोमोवाइल, स्पेयर पार्टस्, हेलमेट, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित हेलमेट व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्था हुनु पर्ने । नेपाल मै उत्पादन गर्ने उद्योगलाई एनएस प्रदान गर्दा घरेलु उद्योगहरुलाई प्रोत्साहन पुग्ने । ७. उत्पादनको माग र आपुर्ति सन्तुलनमा राख्न लुब्रिकेन्टस् आयात गर्नको लागि आयातकर्ताले अनिवार्य रुपले एपीआई (अमेरिकन पेट्रोलियम इन्टिच्यिुट) द्धारा जारी गरिएको गुणस्तर प्रमाणपत्र पेश गर्नुपर्ने अथवा कुनै रिकजनाइज सर्टिफिकेसन एजेन्सी र साथै सम्बन्धित मुलुकले निर्धारण गरेको मापदण्ड समेतको प्रमाणपत्र पेश गर्नुपर्ने । त्यसैगरी विश्वका लुब्रिकेन्टस् निर्माता र निर्यातकर्ताहरुले आफ्नो उत्पादन तीनभन्दा बढी मुलुकहरुमा निर्यात गरेको प्रमाण पेश गर्नुपर्ने । ८. त्यस्तै नेपालका लागि आधिकारिक बिक्रेता तथा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा अनिवार्य रुपमा आफ्नो एजेन्सी समेत दर्ता गरेको कम्पनीले मात्र आयात गर्न पाउने व्यवस्था हुनुपर्ने । यस्तो व्यवस्था भएमा आयातलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने, बैदेशीक मुद्रा विदेशिन कम हुने, नेपाल मै रोजगारी सिर्जना भई युवाहरुलाई विदेशीनबाट केही हद सम्म रोक्न सकीने र देशलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने । ९. नेपालमा कपी प्रोडक्ट्स निर्बाध रुपमा आयात हुँदा आधिकारीक आयातकर्तालाई मार परीरहेकोले आयातकर्ताले भन्सारमा उत्पादनकर्ताको कागजात, ओरिजिन प्रमाणपत्र, ब्रान्ड्, लेवल आदी जाच गरेर मात्र समान पास गर्ने व्यवस्था हुनु पर्ने । १०. नेपाल सरकारको मेक इन नेपालको उद्धेश्य लाई साकार पार्न उद्योगलाई उत्पादनमा प्रोत्साहन गर्नू पर्ने र नगद प्रवाहमा राहत दिन आवश्यक भएको हुँदा हाल सीकेडी इम्पापोर्टमा भन्सार बिन्दुमा लिँदै आएको आरडीएफ कर यातायात व्यवस्था कार्यालयमा दर्ताको बखत मात्र साविक व्यवस्था अनुसार नै लिने व्यवस्था गरिनु पर्ने । ११. भारतीय जीएसटीलाई मध्यनजर र अध्ययन गरेर नेपाली कर प्रणाली र यसका दरहरु लागू गर्नाले खुला सिमानाका कारण उब्जिएको अबैध कारोबार निरुत्साहित हुने । छलफलको अन्त्यमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले अटोमोवाइल क्षेत्र देशलाई राजश्व र रोजगारी दिने प्रमुख श्रोत भएको र यसको विकासको लागि आवश्यक स्थिर नीति ल्याउन पहल गरिने बताउँदै अटोमोबाइल उद्योगहरु खोल्न कहाँ उपयुक्त हुन्छ त्यसबारे सुझाव दिन पनि अनुरोध गरे । यसैक्रममा मन्त्री रिजालले गोरखकाली रबर उद्योगलाई पीपीपी मोडेलमा लैजान सरकारले तयारी गरीरहेको बताउँदै अटोमोवाइल व्यवसायीहरुले सो उद्योग सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी, नेपालमा उत्पादित हेलमेट, ब्याट्री तथा टायरहरुलाई सरकारको अनुमति र अनुगमनमा नाडा स्वयंले परिक्षण गर्ने मेशिन खरिदगरी नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस प्रदान गर्न सक्ने विषयमा थप छलफल गरिने बताइएको छ ।

बाँसबारी छाला जुत्ता उद्योग प्रकरण : चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडाैं । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका व्यापारी अरुण चौधरी र अजित नारायणसिंह थापा लाई लाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो । चौधरी थापालाई बिहीबार सीआईबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा थप सुधार

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढि क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन् । आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेको हो । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ । हाल फोरजी सेवा सुधार गरिएका स्थानिय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् । त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

बालुवाटारमा खुल्यो सवा अर्ब बढी लगानीमा लक्जरी बुटिक होटल ‘वर्णवास’

काठमाडौं । काठमाडौंको बालुवाटारमा निर्माण भएको ‘लक्जरियस’ बुटिक होटल ‘वर्णवास’ आज बिहीबारबाट सञ्चालनमा आएको छ । उक्त होटलका सञ्चालक तथा लगानीकर्ता पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईं हुन् । सञ्चालक बजगाईंले विभिन्न कार्यक्रम गर्दै यो महिनाभरिमा पूर्णसञ्चालमा ल्याउने जानकारी दिए । बजगाईंका अनुसार कुल १ अर्ब ३१ करोड रुपैयाँमा निर्माण भएको होटलमा ४८ कोठा छन् । करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरी बुटिक होटल निर्माण गरिएको हो । होटलमा १८ प्राइभेट ज्याकुजी छ । होटलका कोठामध्ये सबैभन्दा ठूलो ६० वर्गमिटरको हुनेछ । यस्तो कोठा प्रत्येक तलामा एक÷एक वटा छ । तर, अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरको रहेको उनले बताए । होटलको बुकिङ खुला भइसकेको छ । अहिले १ सय दिनका लागि एउटा कोठाको १ सय ५० देखि ३ सय अमेरिकी डलरसम्म पर्ने बजगाईंले जानकारी दिए । ‘अलि पछि भने यो महँगो हुन्छ, यसको मूल्य ६ सयदेखि ७ सय डलर पर्न जान्छ,’ उनले भने । सञ्चालक बजगाईंका अनुसार तीन तहमा विभाजन गरेर बनाइएको साढे ९ तलाकोे होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने वेशभूषा र ग्यालरी राखिएको छ । जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाल चित्रित गरिएको छ । ‘यो नेपाली संस्कृति र रहनसहनलाई झल्काउने होटल हो,’ उनले भने, ‘यसले नेपाली जात्रा, पर्व, वेशभूषाको प्रमोट गर्छ । यहाँ भएका सबै रुममा नेपाली र मेटरियल प्रयोग गरिएको छ । कार्पेट हात्तीले खाने घाँसबाट बनेको छ, लालीगुँरासको इम्प्रेसन गरिएको छ । बक्खुको मार्बल छ । होटलमा नेपालमै उत्पादन भएका खानेकुराको स्वाद चाख्न पाइने छ ।’ आफ्नो होटल प्रडक्ट नै फरक भएकाले अहिले काठमाडौंमा सञ्चालन भइरहेका तारे होटलहरूसँग सहजै प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो होटल अरू रेगुलर होटलजस्तो छैन, आफूले सिकेको पनि यही छ र सीप पनि यही छ,’ उनले भने, ‘नेपालमा ठूला भनेर खुलेका होटल बन्द पनि भएका छन्, होटल सांग्रिला, अन्नपूर्णजस्ता होटल बन्दै छन्, हाम्रो प्रडक्ट नै फरक भएकाले चलिरहेकैसँग पनि सहजै प्रतिस्पर्धा गर्न सकिन्छ ।’ अहिले होटलमा कुल १ सय १२ जनाले रोजगारी पाएका छन् ।

राइड सेयरिङ सेवा पनि औद्योगिक व्यवसाय ऐनमा सूचिकृत

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई पनि कानुनी रुपमा मान्यता दिँदै ऐनमा समेटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सेयर राइडिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची ८ को क्रमसंख्या ६५ पछि क्रमसंख्या ६६ थपेर सो सेवालाई थपिएको जनाएको छ ।

नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने

काठमाडौं । नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका हुन् । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरु र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकहरुलाई कालिञ्चोक दर्शनले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ । समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बाँसबारी उद्योग जग्गा प्रकरण : कहाँ छन् विनोद चौधरी ?

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गामा भएको हिनामिनाको विषयलाई लिएर यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सिजी ग्रुप अन्तर्गतकाे एउटा कम्पनीकाे नाममा नामसारी भएको घटनालाई लिएर अनुसन्धानका लागि सीआईबीले चौधरी र थापालाई पक्राउ गरेको हाे । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा छ । साे कम्पनी सुरूमा विनाेद चाैधरीकाे परिवारकाे अधिकांश सदस्यहरूकाे नाममा रहेकाेमा अहिले अरूण चाैधरी र उनकाे श्रीमती शिला चाैधरीकाे नाममा छ । सीआईबीले अहिले चौधरीको पनि खोजी कार्य भइरहेको बताएको छ । पाँच दिन अगाडि नवलपरासीमा एक खेलकुद कार्यक्रममा देखिएका चौधरी त्यस यताका सार्वजनिक कार्यक्रममा भने देखिएका छैनन् । माघ १३ गते नवलपरासीको जगन्नाथपुरमा आयोजित कार्यक्रममा बिनोद चौधरी । संघीय संसदका प्रवक्ता एकराम गिरीले पनि सांसद चाैधरी सम्पर्कमा नरहेकाे बताएका छन् । संसदको नियमित अधिवेशन चलेको अवस्थामा बाहेक अन्य अवस्थामा सांसदहरू नियमित सम्पर्कमा रहने कानुनी व्यवस्था नभएको उनकाे भनाइ छ । ‘अधिवेशन चलिरहेको बेलामा संसदको १० वटा बैठकमा नियमित अनुपस्थित हुनुपर्ने भएमा लिखित जानकारी गराउनुपर्छ, कानूनले अधिवेशन नभएको बेलामा सांसदले कहाँ जाने हो भनेर जाने व्यवस्था छैन,’ उनले भने । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि विनोद चौधरीसँग आवश्यक काम नभएकाले पनि यतिबेला सम्पर्कमा नभएको जानकारी दिए । चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलसँग यस विषयमा बुझ्दा उनले बताउन अस्वीकार गरे ।

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा पर्न सफल

काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू’ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युुनको कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ । मेटलाइफका अध्यक्ष र सीईओ मिशेल खलफले भने, ‘हामी हाम्रा सबै सरोकारवालाहरूका लागि साझा मूल्यको सद्भावपूर्ण सर्कल सिर्जना गरेर हाम्रो उद्देश्यलाई जीवनमा ल्याउँछौं । यो मान्यता हाम्रा कर्मचारीहरूको हो जसले हाम्रा ग्राहकहरू र विश्वभरका समुदायहरूका लागि थप विश्वस्त भविष्य निर्माण गर्न हरेक दिन काम गर्छन् ।’