बाँसबारी उद्योग जग्गा प्रकरण : कहाँ छन् विनोद चौधरी ?

<p>काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गामा भएको हिनामिनाको विषयलाई लिएर यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सिजी ग्रुप अन्तर्गतकाे एउटा कम्पनीकाे नाममा [&hellip;]</p>

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गामा भएको हिनामिनाको विषयलाई लिएर यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सिजी ग्रुप अन्तर्गतकाे एउटा कम्पनीकाे नाममा नामसारी भएको घटनालाई लिएर अनुसन्धानका लागि सीआईबीले चौधरी र थापालाई पक्राउ गरेको हाे । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा छ । साे कम्पनी सुरूमा विनाेद चाैधरीकाे परिवारकाे अधिकांश सदस्यहरूकाे नाममा रहेकाेमा अहिले अरूण चाैधरी र उनकाे श्रीमती शिला चाैधरीकाे नाममा छ ।

सीआईबीले अहिले चौधरीको पनि खोजी कार्य भइरहेको बताएको छ । पाँच दिन अगाडि नवलपरासीमा एक खेलकुद कार्यक्रममा देखिएका चौधरी त्यस यताका सार्वजनिक कार्यक्रममा भने देखिएका छैनन् ।

माघ १३ गते नवलपरासीको जगन्नाथपुरमा आयोजित कार्यक्रममा बिनोद चौधरी ।

संघीय संसदका प्रवक्ता एकराम गिरीले पनि सांसद चाैधरी सम्पर्कमा नरहेकाे बताएका छन् । संसदको नियमित अधिवेशन चलेको अवस्थामा बाहेक अन्य अवस्थामा सांसदहरू नियमित सम्पर्कमा रहने कानुनी व्यवस्था नभएको उनकाे भनाइ छ ।

‘अधिवेशन चलिरहेको बेलामा संसदको १० वटा बैठकमा नियमित अनुपस्थित हुनुपर्ने भएमा लिखित जानकारी गराउनुपर्छ, कानूनले अधिवेशन नभएको बेलामा सांसदले कहाँ जाने हो भनेर जाने व्यवस्था छैन,’ उनले भने ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि विनोद चौधरीसँग आवश्यक काम नभएकाले पनि यतिबेला सम्पर्कमा नभएको जानकारी दिए ।

चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलसँग यस विषयमा बुझ्दा उनले बताउन अस्वीकार गरे ।

Share News