नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने

<p>काठमाडौं । नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरु र आगामी दिनमा नयाँ डिम्याट खाता खोल्ने नयाँ ग्राहकहरुलाई कालिञ्चोक दर्शनले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share News