काठमाडाैं । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका व्यापारी अरुण चौधरी र अजित नारायणसिंह थापा लाई लाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।
चौधरी थापालाई बिहीबार सीआईबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।