माउण्टेन इनर्जी नेपालले ३९ करोडको आईपीओ निष्कासन गर्ने, मर्चेन्ट बैंकर नियुत्त
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । आईपीओ निष्कासन सम्बन्धि सम्झौतापत्रमा माउण्टेनका तर्फबाट संचालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिरबादे श्रेष्ठ र सीबीआईएल क्यापिटलका सीईओ समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
सेयर लगानीकर्तालाई कमल पन्थीको टिप्स, लगानी गर्नुपुर्व कम्पनीको अवस्था बुझनुस
सा–सानो पुँजीलाई एकीकृत गरी ठुला जलविद्युत तथा उर्जा विकास आयोजना लगानी गर्नुलाई पुँजी बजार भनिन्छ । कुनै पनि पब्लिक लिमिटेड कम्पनीले सेयर जारी गरेर आफ्नो योजना पुरा गर्न सक्दछन् । यसका लागि पब्लिक लिमिटेड कम्पनी हुनुपर्छ । पुजी बजारमा कुनै पनि कम्पनीले पहिलो पटक सेयर निष्कासन गर्दैछ भने त्यसलाई प्राथमिक बजार भन्छौ । प्राथमिक निष्कासन गर्न कम्पनी संचालनमा आएको कम्तीमा एक वर्ष पुरा हुनुपर्दछ । कम्पनीले सेयर जारी गर्दा तीन देखि चार वटा तह समुह हुन्छन् । जस्तो जलविद्युत कम्पनीमा स्थानीयबासी, कर्मचारी, समुहिक लगानी कोष, सर्वसाधारण चारवटा समुह हुन्छ । बैँक तथा वितिय संस्थामा स्थानीयबासी हुँदैन । कुनै पनि जलविद्युत कम्पनीले पहिलो प्राथमिक सेयर कर्मचारीको लागि बाँडफाँड गर्दछन् । कर्मचारीको सेयर कम्तीमा ३ वर्षसम्म बिक्री वितरण गर्न नपाउने सर्त राखिएको हुन्छ जुन धितोपत्र बोर्डमा ऐन उल्लेख छ । दोस्रो चरणमा उद्योग अन्तिममा सर्वसाधारणको सेयर जारी गरिन्छ । यदि माग भन्दा बढी आवेदन परेमा चिठ्ठा विधिबाट बाँडफाँड गरिन्छ । कम आवेदन परेमा हालको धितोपत्रको बोर्डको नियमअनुसार प्रत्येक लगनीकर्तालाई १० कित्ता सेयर दिनुपर्छ । यो प्रक्रिया सकेपछि केही हप्ता दिन अथवा महिनासम्म नेपाल स्टक एक्सचेन्जमा दर्ता हुन्छ । त्यी दर्ता सेयर दोस्रो बजारमा कारोबार हुन्छ । कम मुल्य अर्थात १०० बाट सुरु हुन्छ । माग र आपूर्ति आधारमा मूल्य घट्ने बढ्ने हुन्छ । नयाँ लगानी कर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व कम्पनीले आईपीओ जारी गर्दा अथवा सेयर निष्कासन गर्ने प्रक्रियामा सेयर फार्म पछाडिपट्टि दिएको हरेक विवरण नाफा नोक्सान बासलात, कम्पनी संचालक व्यक्ति क्षमता अनुभव कम्पनीको पुरा विवरण उल्लेख गरेको हुन्छ । एकचोटी राम्रो सँग पढ्नुहोला, एक हजार रुपैयाँ लगानी कस्तो कम्पनी लगानी गर्दै छु तपाईलाई कति वर्षपछि प्रतिफल दिन्छ कहाँ लगानी गरेको छु मेरो लगानी सुरक्षित छ वा छैन तपाईको आजको एक हजार लगानी भविष्यमा लाख हुन सक्छ । आईपीओ भर्नुअघि कम्पनी कस्तो प्रकृतिको हो, कस्तो व्यवस्थापन निकाय कस्ता प्रकृतिका छन् आइपीओ भनेर आँखा चिम्लिएर नहाल्नुहोला आज बजारमा लामो अवधिसम्म पनि प्रतिफल दिन नसक्ने लगानीकर्ताको सम्पत्ति अवमूल्यन कुनै बोनसर नगद लाभांश दिन नसकेको अवस्था छ । यो बुुझेर आईपीओ फारम भर्नुहोला । नयाँ लगानाीकर्ताले अर्को महत्वपूर्ण बुझ्नुपर्ने कुरा कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व त्यो कम्पनीको कम्तीमा दुई वा चार वर्षको प्रतिवेदन पढ्नुपर्छ । त्यो कम्पनीले गत वर्ष कस्तो आम्दानी गरिरहेको छ । भविष्यमा कति आम्दानी गर्न सक्छ वा सक्दैन विश्लेषण गर्न सक्छौ । यसको साथसाथै लगानीकर्ताले हेर्नुपर्ने कुरा त्यो कम्पनीले विगतमा र आजसम्म कति लाभांश बाँडेको छ लगानीकताहरुले त्यौ नै हेर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनी छनौट गर्दा नयाँ लगानीकर्ताहरुले जगेडा कोष धेरै भएको निष्क्रिय कर्जा कम भएको ईपीएस र प्रतिसेयर नेटवर्थ बढी भएको कम्पनी धान्नको लागि आग्रह गर्दछु । मुल्य आम्दानी अनुपात कम्तिमा १५ गुणा भएको छानेमा लगानी सुरक्षित हुन्छ । त्यस्तै कम्पनीको व्यवस्थापनदेखि कर्मचारीको आवाज जावत सीआईको कति वर्षसम्म त्यस कम्पनीमा कार्यरत हुन्छन् संचालक कतिको परिवर्तन हुन्छ् । त्यो सबै बुझेपछि त्यस कम्पनीमा दीर्घकालका लागि लगानी गर्नुपर्छ । यदि कुनै लगानीकर्ताहरु त्यति धेरै ज्ञान छैन पुजी बजारको भन्ने उहाँहरुले कम जोखिम लिन चाहन्नु हुन्छ भने मेरो सुझाव म्यूचल फण्ड लगानी गर्नुहोस । हाम्रो नेपाली पुजीबजार विभिन्न बैँकहरुले म्यूचल फण्ड जारी गर्न गर्दछन् खासगरी दुई प्रकारका हुन्छन् ओपन इन्डेट र बन्द इन्डेट त्यी म्यूचल फण्डपछि ५ वर्ष र ७ वर्षको अन्त्यमा नगद लाभांश प्राप्त गर्छन् । तपाईलाई बैँक मा जम्मा गरेको पैसा भन्दा म्यूचल फण्डमा लगानी गरेको पैसाको प्रतिफल धेरै हुन आउँदछ । तपाईले राम्रो म्यूचल फण्ड मा लगानी गर्नु पर्दछ । ५ वर्ष ७ वर्ष पर्खनु हुन्छ भने तपाईलाई राम्रा प्रतिफल प्राप्त हुन्छ । बजारमा सिद्धार्थ स्किम ग्रोथ र नविल व्यालेन्स फण्डले राम्रो प्रतिफल दिएको म्यूचल फण्ड हुन् । नयाँ लगानी कर्ता हुनुहुन्छ भने सेयर बजारमा बिना सुझाव र अध्ययन बिना लगानी नगर्नुहोस । पहिलो लगानी विविधीकरण गर्नुहोस् । दोस्रो समय व्यवस्थापन गर्न जान्नुहोस् । तपाईले गरेको लगानी कति समयको लागि हो स्पष्ट योजना बनाउनुहोस् । तपाईहरुले आज किनेर भोलि नै बेच्ने मनासय नबनाउनुहोस् आजको भोलि नाफा नहुन सक्छ भविष्यमा अवश्य तपाईलाई राम्रो नाफा दिन सक्छ । अर्को महत्वपूर्ण कुरा म नयाँ लगानीकर्तालाई भन्न चाहन्छु जोखिम व्यवस्थापनमा गर्न सिक्नुहोस् आफुले सेयर खरिद गर्दा सम्बन्धित कम्पनीको सेयर मुल्य कुन अवस्थामा छ । एकदमै बढेर टुप्पोमा पुगेर घटन लागेको पो छ कि कम्पनीको मुल्य नेटवर्थ बराबर भएको बेला छ भने त्यसमा कतिको जोखिम छ भन्नेमा विचार पु¥याउनु होला । नयाँ लगानीकर्ताहरुले दोश्रो बजारमा प्रवेश गर्नुभएको छ भने सबै पैसा एकै चोटी लगानी नगर्नुहोस अर्को कुरा सबै पैसा एउटै बास्केट अथवा एउटै कम्पनीमा लगानी नगर्नुहोस् केही लगानी तपाई बैकको सेयर किन्नुहोस जुन विगत र आगामी राम्रो नाफा कमाउने कम्पनी हो । राम्रो बोनस र नगद लाभांश दिने कम्पनी हो केही जलविधुत केही लघुवित्त कम्पनीमा लगानीको विविधिकरण गर्न जान्नुहोस जसले गर्दा तपाईको क्षति कम हुन्छ । नयाँ लगानीकर्तालाई पहिलो पटक आईपीओ भर्नुहोस सिधै दोस्रो बजार मा प्रवेश नगर्नुहोस ब्रोकर अफिस जानुहोस बुझनुहोस विभिन्न सेयरविको सल्लाह सुझाव लिनुहोस आपनी विचार भन्नुहोस कस्ता कस्ता कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ भन्ने जिज्ञासा राख्नुहोस् बेला बेला व्रोकर समन्वय गर्नुहोस् । नयाँ लगानी कर्ताहरुलाई आफ्नो पोटपोलियो व्यवस्थापना गर्दा धेरै कम्पनीहरुमा लगानी नगर्नुहोस् । ३० प्रतिशत कम्पनीको सेयर ट्रेडर भएर किन्ने वा बेच्ने गर्नुहोस् जसले गर्दा तपाईलाई कति बेला किन्ने र बेच्ने तरिका थाहा हुन्छ । ७० प्रतिशत लामो अवधिको लागि लगानी गर्दा राम्रो प्रतिफल दिने कम्पनीहरु छान्नुहोस् । अनि धैर्यता गर्नुहोस् जसले गर्दा तपाईलाई सजिलै पोर्टफोलीयो व्यवस्थापन सजिलो हुनेछ । अर्को महत्वपूर्ण कुरा लगानीकर्ताहरुले खाली बोनस र हकप्रद सेयरको लोभमा परेरे किन्नुहुदैन कहिलेकाही फस्न सकिन्छ । कुनै कम्पनीको बोनस सेयर किन्दै हुनुहुन्छ त्यो बोनस पाउँदा आफुले किनेको मुल्य र पछि समायोजन हुदा फाइदा हुन्छ हुदैन हिसावकिताव गर्नुपर्छ अनि मात्र बेच्ने विचार गर्नुपर्दछ । त्यस्तै हकप्रद सेयर लोपमा धेरै लगानीकर्ताहरुले घाटा खानुपरेको छ । आज घोषणा गरेको हकप्रद सेयर २ वर्षसम्म लाग्न सक्छ । हकप्रद सेयर घोषणा गरेपछि धेरै कम्पनीको सेयर वृद्धि हुने गर्छ । त्यो आजको धेरै मुल्य किन्दा क्षति हुने सम्भावना बढि हुन्छ । हकप्रद सेयर तपाईको थप १०० रुपैयाँ लगानी हुन्छ पहिलो किनेको मुल्य जोड गर्नुहोला हकप्रद खाँदा फाइदा हुन्छ हुदैन हिसाव किताव गर्नुहोला अनि मात्र किन्नु होला । लगानीकर्ताले बुझनु पर्ने बैकको ब्याज र सेयर बजार विपरित सम्बन्ध हुन्छ । जब बैकले ब्याज बढाउदै जान्छ सेयर लगानीकर्ताहरुले सेयर विस्तारै बेचेर बैकको ब्याजप्रति आकर्षण हुन्छन् । जब बैकको ब्याज तल जान थाल्छ बैक बाट पैसा झिकेर सेयर बजारमा लगानी गर्नुपर्छ । यस्तो अवस्थामा सेयर बजारमा लगानी गर्नु भन्दा अरु क्षेत्रमा लगानी बढाउनु राम्रो हुन्छ । बैकमा जम्मा राख्नु भन्दा सुन चाँदी क्षेत्र, घरजग्गामा लगानी गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा थोरै थोरै लगानी गर्नुहोस नत्र कमाउन गाहो हुन्छ क्षति हुने सम्भावना धेरै हुन्छ । किन भन्दा सबै कम्पनीको सेयर बिस्तारै तलतिर गएको हुन्छ । नेप्लीज इन्डेक्स विपरित दिशामा झरेको हुन्छ । अन्तिममा नयाँ लगानीकर्ताहरुलाई पुँजी बजारमा आउनुहोस यो कुनै अनउत्पादक क्षेत्र र जुवा तास घर होइन् । सबै नयाँ लगानीकर्ताहरुले सानो पैसा लगानी गर्नुसक्नु हुनेछ । पहिला पहिला आईपीओ भर्न घण्टौ लाइन बस्नु पदथ्यो अहिले तपाईले बैक माध्यमबाट सीआश्वा आवेदन गर्दा सेकेण्डमा भर्ना सक्नुहुन्छ । पहिला सेयर प्रमाणपत्र आउन महिनौ लाग्ने च्यातिने हराउने सम्भावना हुन्थ्यो अहिले सिधै तपाईको डिम्याट खातामा सेयर आउँछ । अब छिटै नयाँ प्रविधि अनलाइन प्रकृति आउँदैछ घरमै बसेर किनेर बेच्ने आदेश दिन सक्नुहुनेछ । पहिला जस्तो व्रोकरमा गएर किन्ने र बेच्ने आदेश दिनु पर्दैन । अब छिटै बैकहरुलाई व्रोकर लाइसेन्स दिने मौद्रीक नीति आएको छ । काठमाडाँै मात्र सिमित बजार अब देश सबै क्षेत्रमा जाँदै छ अनलाईन आइपछि विदेशबाट कारोबार गर्न सक्ब्नेछन् । अब पुँजी बजारको भविष्य राम्रोे छ । सबै नयाँ लगानीकर्ताहरुलाई सानो रकम १००० देखि लगानी गर्न सक्नुहुनेछ धेरै ठूलो रकम आवश्यक पदैन । लगानी गर्नुपूर्वक आफ्नो प्लान बनाएर आउनुहोस अवश्यक राम्रो प्रतिफल लिएर जानुहनेछ । सबैको राय सल्लाहा सुझाव लिनुहोस निर्णय लिनुहुन्न । नयाँ लगानीकर्ताहरुलाई मेरो सुझाव छ ।
सेवा विस्तारमा आक्रामक बन्दै गोकर्णेश्वर यातायात, उपत्यकाभित्र ८० वटा बस सञ्चालनमा
काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले सेवा विस्तारलाई तिब्रता दिएको छ । एकै दिन ३० वटा नयाँ बस थप्दै गोकर्णेश्वरले सेवा विस्तार गरेको हो । कम्पनीले मंगलबारबाट साँखु-दक्षिणकाली रुटमा बस सेवा सञ्चालन गरेको हो । कम्पनीका अनुसार सो रुटमा अब ४० वटा बस सञ्चालन हुनेछ । बस साँखु थली, नारायणटार, जोरपाटी, चाबहिल, नयाँबसपार्क हुँदै दक्षिणकाली पुग्नेछ । कम्पनीले सो रुटमा यसअघि १० वटा बस सञ्चालन गर्दे आएको थियो । यसैगरी कम्पनीले उपत्यकाभर ८० वटा बसबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
१ अर्ब २८ करोडमा चोभार सुख्खा बन्दरगाह धमाधम, चीन र भारतका कन्टेनर सिधैं काठमाडौं
काठमाडौं । काठमाडौंको चोभारमा धमाधम खुख्खा बन्दरगाहको निर्माण भैरहेको छ । विश्व बैंकको १ अर्ब २८ करोड सहयोगमा बन्दरगाहको निर्माण आरम्भ भएको हो । साउन १७ गतेदेखि चिनियाँ कम्पनी साक्षी र नेपाली कम्पनी आशिषले मिलेर सो बन्दरगाहको काम सुरु गरेका हुन् । उनीहरुलाई १८ महिनाभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने समय दिईएको छ । इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर हरेकृष्ण मिश्रका अनुसार आगामी १८ महिनापछि कोलकत्ता, बिशाखापट्नम र फुलबारी तथा चीनको केरुङबाट समान लिएर आउने सवारी साधनहरु सिधै काठमाडौं आउनेछन् । ती सवारी साधनहरुको भन्सार चेकजाँच लगायतका सबै काम चोभारमा हुनेछ । सम्बन्धीत नाकामा रहेका भन्सार कार्यालयहरुले एउटा लकिङ गरेर ती सवारी साधनहरुलाई काठमाडौं पठाउनेछन् । चोभारमै ती सवारी साधानहरुको चेकजाँच तथा भन्सार छुटाउने लगायतका काम गर्न सकिनेछ । चोभारको सुख्खा बन्दरगाहमा एकै पटक ४६४ वटा कन्टेनर अटाउनेछन् । दुई खण्डमा विभाजन गरेर निर्माण भैरहेको बन्दरगाहको पहिलो खण्डम बन्दरगाहका संरचना निर्माण र दोश्रो खण्डका रुपमा भन्सार, क्वार्टरहरुको निर्माण हुनेछ । करिब २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । भन्सार नाकामा आएर चेकजाँच तथा भन्सार छुटाउने झण्झटबाट ढुवानी कर्ता तथा आयात कर्ताहरुले मुक्ति पाउनेछन् ।
आयल निगमको घाटा बढेर १२९ करोड पुग्यो, पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा नोक्सान
काठमाडौ । सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा, डिजलमा ४ रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ । भारतमा इन्धनको भाउ बढेर लिटरको ९१ भारु पुगेको छ । विश्वबजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको ८३ डलर पुगेको छ । अमेरिकी डलर मजवुत हुन थालेपछि इन्धनको भाउ बढ्न थालेको हो ।
आदिशंकर आचार्यले गरे चन्द्रागिरि केबलकारको भ्रमण
काठमाडौं। आदिशंकर आचार्यले चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन्। चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीनबहादुर गुरुङ्गले आदिशंकरलाई स्वागत गरे । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदिशंकर आचार्यले महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पबित्र रहेको कुरा उल्लेख गरेका छन् । नयाँ योजनाकासाथ निर्माण भएको भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको उपर्युक्त हेरचाह देखेर आफु प्रसन्न भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गरेका थिए। ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
महालेखाको निष्कर्षः केन्द्र भन्दा स्थानीय तहमा भ्रष्टाचार बढी
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले संघिय भन्दा स्थानीय सरकारहरुमा वित्तिय अराजकता मौलाउँदै गएको निष्कर्ष निकालेको छ । हाल हिमाली, पहाडी र उपत्यकाका ३ जिल्लाको लेखा परिक्षण गरिरहेको कार्यालयले स्थानीय तहमा भ्रमण, भत्ता, तलब, अनुगमन, गाडी र सेवा सुबिधाका नाममा रकम दुरुपयोग भैरहेको प्रारम्भिक निष्कर्ष निकालेको हो । ‘यसपाली लेखा परिक्षण भैरहेका उपत्यकासहित ३३ जिल्लाको लेखा परिक्षणको रिपोर्टींङ आईरहेका छन्, सुन्दा तलब सुबिधा, भत्ता, अनुगमन, सवारी सधान, भ्रमणमा अलि बढी खर्चहरु भैरहेको भन्ने आएको छ’, महालेखा परिक्षक टंकमणी शर्माले भने । उनले जानेर वा नजानेर स्थानीय तहहरु वित्तिय अनुशासन बाहिर जान थालेको पनि बताए । उनले पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखेर लेखा परिक्षण भैरहेको र १६ जिल्लाको प्रतिवेदन चाँडै आउने पनि जानकारी दिए । गत बर्ष स्थानीय तहका १८० अर्बको लेखा परिक्षण गराउँदा १४ अर्ब बेरुजु देखिएको थियो । जुन कुल लेखा परिक्षण रकमको ७.९० प्रतिशतको बेरुजु देखिएको हो । जबकी केन्द्रको ४७ खर्ब रुपैंयाँ बराबरको लेखा परिक्षण गर्दा भने जम्मा ५.०४ प्रतिशत मात्रै बेरुजु देखिएको थियो । यी हुन लेखा परिक्षण नगराउने निकायहरु गुँठी संस्थान, खानेपानी संस्थान, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल पर्यटन बोर्ड, नागरिक लागनी कोष, पशुपति क्षेत्र विकास कोष, साझा प्रकाशन, राष्ट्रिय खेलकुद परिषद र त्रिभुवन विश्वविद्यालय लगायतका संस्थाहरुले बर्साैदेखि लेखा परिक्षण नगराएको जानकारी दिए । उनले माघ मसान्तभित्रै लेखा परिक्षणका लागि प्रतिवेदन बुझाउन सबैलाई निर्देशन दिईसकेको पनि बताए ।
राष्ट्र बैंकको नाफा २८ अर्ब ५० करोड, १५ अर्ब पुनरकर्जामा लगानी गर्दै
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले साढे २८ अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले विदेशमा गरेको लगानीलगायत विभिन्न शिषर्कबाट यो नाफा गरेको हो । अघिल्लो वर्ष राष्ट्र बैंकले १९ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्ष झण्डै ९ अर्ब रुपैयाँ नाफा बढाएको हो । अघिल्लो वर्षको नाफाबाट सरकारलाई साढे ७ अर्ब रुपैयाँ लाभांश बुझाएको थियो । यो वर्ष नाफा बढे पनि सरकारलाई दिने लाभांशमा भने गिरावट आउने राष्ट्र बैंकका अधिकारी बताउछन् । नाफा बढे पनि सरकारलाई कति बुझाउने हो भन्ने अझै निश्चित हुन नसकेको स्रोतको भनाई छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट यो वर्ष पुनरकर्जालाई थप रकम छुट्टाउनु परेकाले सरकारलाई दिने रकममा कमी आउने भएको हो । चाल आर्थिक वर्षको बजेटमा सरकारले पुनरकर्जा सीमा २० अर्बबाट बढाएर ३५ अर्ब रुपैयाँ पुर्याएको छ । पुनरकर्जाका लागि थप रकम नाफाबाट व्यवस्थापन गर्न लागेको केन्द्रीय बैंक स्रोतले बतायो । थप १५ अर्ब रुपैयाँ दायित्वका अतिरित्त जगेडा कोष लगायत अन्य थुप्रै कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।
सेयर बजार घट्दैमा म्युचअल फण्डका लगानीकर्ताले डराउनु पर्दैन-समीर दाहाल
सन् २००२ मा चाटर्ड एकाउन्टेट भएपछि सीमरप्रसाद दाहाल आफैंले २ वर्ष लेखापरीक्षण फर्म सञ्चालन गरे । त्यसपछि हिमालयन बैंकमा इन्टरर्नल अडिटरको रुपमा सन् २००५ देखि काम सुरु गरेका दाहाल सन् २०१२ पछि सिटिजन्स बैंकमा गए । सिटिजन्सले प्रवद्र्धन गरेको सीबीआईएल क्यापिटलमा हाल उनी २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । सेयर रजिस्ट्रार भन्दा पनि सीबीआईएलले लगानी व्यवस्थापन र यो वर्ष पनि नयाँ पोर्टफोलियो योजना ल्याउने सीईओ दाहाल बताउँछन् । प्रस्तुत छ, नेपालमा पुँजी बजारको विकास र म्युचअल फण्डका बारेमा केन्द्रीत रहेर सीईओ दाहालसंग विकासन्युजले गरेको वहस । सीबीआईएल क्यापिटल २ वर्ष पुरानो भयो । अहिले संस्था कुन अवस्थामा पुगेको छ ? यसले आफुलाई बजारमा कुशल लगानी व्यवस्थापकको रुपमा चिनाईसकेको छ । लगानीकर्ताले सीबीआईएल क्यापिटल लगानी व्यवस्थापक हो, म्युचुअल फण्डको व्यवस्थापन गरेको छ, पोर्टफोलियो म्यानेजमेन्टको काम पनि गरेको छ भनेर बुझ्नु भएको छ । हामीले इन्भेष्टमेन्ट बैंकिङ व्यवसायलाई प्राथमिकतामा राखेका छौं । साथै, सेयर रजिष्टार तथा निष्काशन प्रवन्धक, डिम्याट खाता खोल्ने, अन्डरराइटिङको कार्य पनि स्थापनाकाल देखि नै गरिरहेका छौं । अन्य मर्चेन्ट बैंकर आक्रमक रुपमा आइरहँदा सीबीआईएलले नगर्नुको कारण के हो ? हामी स्थापना हुनु भन्दा पहिले सीमित मर्चेन्ट बैंकर मात्र रहेका हुँदा सेवाग्राहीले अनिवार्य रुपमा सीमित संस्थाहरुबाट मात्र सेवा लिनुपर्ने बाध्यता रहेकोमा हाल आएर मर्चेन्ट बैंकरहरुको संख्या वृद्धि भएको हुँदा सेवाग्राहीहरुलाई विकल्प प्रशस्तै छन् । तसर्थ व्यवसाय वृद्धिमा पूर्ण रुपमा आशावादी छौं । यहाँले इन्भेष्टमेन्ट पोर्टफोलियमा ध्यान केन्द्रीत भएको कुरा गर्नुभयो । सीबीआईएलले कुन क्षेत्रमा लगानी गरिरहेको छ ? अहिले हामीले व्यक्तिगत र संस्थागत लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छौं । पुँजी बजारमा प्राविधिक जनशक्ति चाहिने हुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सेयर बजारमा ठुलो मात्रामा लगानी गरेका छन् । तर, सबैसंग सेयर बजारका बारेमा जानकार कर्मचारी नहुन सक्छन् । सेयर सम्बन्धि विस्तृत विश्लेषण गर्ने संयन्त्र तथा अर्थशास्त्री कर्मचारीको अभाव हुन सक्छ । व्यक्तिगत लगानीकर्ता मध्ये धेरै जसोले बजार बढ्न थाल्यो भनेपछि सेयरको बारेमा विस्तृत अध्ययन नगरी लगानी गरेको पाइएको छ । यसले गर्दा हामीले लगानीकर्तालाई सुरक्षित लगानी गराउने तर्फ ध्यान दिएका छौं । लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ? सेयर बजार जहिले पनि तलमाथि भइरहेको हुन्छ । लगानी गर्दा कम्पनीको कमाई कति हुन्छ र प्रतिफल कति दिन्छ भन्ने हो । छोटो समयमा कति मूल्य वृद्धि हुन सक्छ भनेर मूल्य वृद्धिका लागि लगानी गर्ने भनेको स्पेकुलेसन हो, हामी यसमा विश्वास गर्दैनौं । हामी स्पेकुलेसनलाई व्यवस्थापन गरेर वास्तवमा प्रतिफल राम्राे दिने संस्थामा लगानी गर्छौं । गत फागुनमा ८२ करोड रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्नुभएको थियो । म्युचुअल फण्डको वित्तीय विवरण कस्तो छ ? फागुन अन्तिममा आएर म्युचुअल फण्ड बाँडफाँड गरेका हौं । सीबीआईएलले व्यवस्थापन गरेको कोषको मूल्य प्रति इकाई १० रुपैयाँ ५१ पैसा पुगेको छ । अर्को वर्षको लक्ष्य भनेको लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने हो । जुनकुरा हामीले विवरणपत्र निष्कासन गर्दा भनेका छौं । म्युचुअल फण्ड र मुद्धति निक्षेपबीचको फरक के हो भने फण्डले निक्षेपको प्रतिफल पनि दिन्छ भने बजारमा भएको मूल्य वृद्धि अनुसार आफ्नो भ्यालु बढाएर मूल्य वृद्धि अनुसार आफुलाई समायोजन गर्दै जान्छ । वर्षेनी लाभांश पनि आउँछ । म्युचुअल फण्ड पुँजीबजार र मुद्रा बजार दुबैको लाभ भएको लगानी गर्ने क्षेत्र हो । यसमा लगानी गर्दा कहिले बजार मूल्य घटेर तल पनि पुग्छ । त्यसबेला संयमता आवश्यक पर्छ । पछिल्लो समयमा म्युचुअल फण्डको खुद सम्पत्ति घट्दै गएको छ । यसको कारण के होला ? जुन म्युचुअल फण्डहरुको मूल्य घटेको छ, उसको सेयर बजारमा प्रवेश गर्ने बेला अहिलेको तुलनामा सेयर मूल्य महंगो थियो । सेयर परिसुचक माथि भएको बेला प्रवेश गरेको भएपनि कन्टेन्जेसी फण्डको व्यवस्था नगरी पुरै कोष लगानी गरेको देखियो । त्यसले गर्दा उहाँहरुले सेयर बजार घटेका बेला किनेर मौकाको फाइदा उठाउन पाउनु भएन् । म्युचुअल फण्डले सबै पैसा सेयरमा मात्र लगानी गर्नुपर्छ भन्ने हैन । त्यसैले सम्बन्धित स्टेकहोल्डरहरुले हाम्रो योजना हेरेर सुझाव दिंदा उचित हुनेछ । तर सेयर किन्नु नै भनेर डण्डा हानेर किन्न वाध्य पारिनु हुन्न । म्युचुअल फण्डले कम्पनीको कस्ता सुचकको विश्लेषण गरेर सेयर खरिद गरेका हुन्छन् ? पहिलो कुरा लगानीकर्ताको पैसा महंगो सेयरमा नपरोस् भनेर पीई रेसियोमा अत्यन्तै ध्यान दिन्छौं । यसपछि कम्पनीको व्यवसायको विश्लेषण गर्ने जसको दीगोपना र बजार हेरिन्छ । तेस्रो व्यवस्थापन पक्षको अवस्था हेरिन्छ । यसमा ग्रेडिङ गरिन्छ । बढी ग्रेड आएकोमा लगानी गर्नेछौं । सेयर बजारमा उतार चढाव आइरहेको देखिन्छ । अब बजार बढ्ने संभावना कतिको छ ? सेयर बजारमा तलमाथि भइरहन्छ, यो नियमित प्रक्रिया नै हो । बजार घटेपछि किन्न थालिन्छ बजार बढ्नु स्वभाविक हो । मूल्य बढेपछि आवश्यकताअनुसार बिक्री गर्ने गरेका हुन्छ । हाम्रो लामो समयसम्म घट्दै गएकाले लगानीकर्ता निराश हुने अवस्था आएको छ । सरोकारवालाहरुबाट पनि बेलाबेलामा पुँजीबजारका बारेमा नकारात्मक टिप्पणीहरु आउँदा लगानीकर्ताको मनोवल खस्किएको छ जस्तो लाग्छ । सेयर बजार घट्दै गएपछि सबै म्युचुअल फण्ड धरासायी बन्ने अवस्था देखिएको हो ? म्युचुअल फण्डले योजनाबद्धरुपमा प्रतिफल गणना गरि रकम लगानी गरेका हुन्छन् । बजार धेरै तलमाथि भइरह्यो भने रोलओभर भएर नाफा पनि बढी नै हुन्छ । दीर्घकालीन लगानीमा अल्पकालीन उतारचढावमा संयमता अपनाइन्छ । अहिले आएका म्युचुअल फण्ड सकिने भन्ने हुदैन् । प्रतिफल त आइरहन्छ । सबैले राम्रो कम्पनी छानेर लगानी गरेका हुन्छन् । अहिले पो घटेको छ, यो सधै निरन्तर हुदैन् । अहिले १० रुपैयाँको मूल्य घटेर ८ रुपैयाँसम्म आएको छ । अन्तत यो बढ्ने छ । दीर्घकालीन अवस्थालाई हेरेर लगानी गरिने भएकाले यसमा चिन्ता लिनु पर्ने अवस्था छैन । सीबीआइएल क्यापिटलले अहिले के गरिरहेको छ ? सीबीआईएलले बजारमा लगानी व्यवस्थापन गर्ने संस्थाको रुपमा आफनो परिचय बनाएको छ । गत वर्ष हामीले नेपाल बैंकको सबैभन्दा बढी एफपीओ अण्डरराइटिङ गरेर सफलता पूर्वक सम्पन्न गराईयो । थप म्युचुअल फण्ड योजना र लगानी व्यवस्थापन योजना पनि ल्याएका छौं । आउँदो वर्ष ७ प्रदेशमा शाखा विस्तार गरेर काम सुरु गर्ने योजनामा छौं । ८२ करोड रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा आइसकेको छ भने अर्को १ अर्ब रुपैयाँको म्युचुअल फण्ड सञ्चालनमा ल्याउने तयारी गरेका छौं । नयाँ म्युचुअल फण्ड ल्याउनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौं । स्वीकृति दिएको म्युचुअल फण्ड १ को पैसा लगानी गर्न बाँकी रहेको अवस्थामा तपाईलाई अरु थप फण्ड संचालन गर्ने स्वीकृति दिएर के गर्नु भन्नु हुन्छ ? हामी जस्तो फण्ड म्यानेजरहरुले अध्ययन गरेर मात्र लगानी गर्छौ । एकै पटक ह्वातै लगानी गर्नु पनि हुँदैन । बजारलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले विस्तारै लगानी गरिरहेका छौं । सेयर बजार घटबढ भएकाले हामीसंग कन्टिेजन्सी कोष पनि चाहिन्छ । नयाँ अवसर आयो भने कसरी लगानी गर्ने ? त्यसलै बोर्ड नीतिगत रुपमा स्पष्ट हुन आवश्यक छ । एउटा स्किमलाई एक किसिमले चलाइरहेका हुन्छौं । फेरी अर्को स्किम सञ्चालनका लागि अनुमति मागेका छौं । सीबीआइएलले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको धेरै समय भइसक्यो हालसम्म आएको छैन । आईपीओ कहिले आउने छ ? मर्चेन्ट बैंकरले आईपीओ ल्याउने कुरामा नीतिगत रुपमा व्यवस्थापन गर्दैैछौं भन्ने जानकारी प्राप्त हुन आएको छ । स्पष्ट नीति नहुँदा अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । हाम्रो २० करोड रुपैयाँ चुत्तापूँजीको कम्पनी हो । यसमा १७ करोड रुपैयाँ संस्थापक लगानीकर्ताको स्वामित्व रहेको छ । सिटिजन्स बैंक मुख्य कम्पनी हो भने नागरिक लगानी कोष र कर्मचारी संचय कोष संस्थागत सेयरधनी हुन् । बाँकी १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेका छौं । यदि आइपीओ निष्कासनमा थप ढिलाई हुने भएमा हकप्रद सेयर जारी गरेर चुत्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गृहकार्य पनि गरिरहेका छौं । सीबीआईएलको यो वर्षका लागि नयाँ कार्यक्रम के छन् ? कर्पोरेट एडभाइजरी सेवा सुरु गर्ने छौं । ७ प्रदेशमा शाखा खोलेर लगानी व्यवस्थापनको सेवा दिने योजना अघि बढाएका छौं । साथै धितोपत्र बोर्ड बाट स्वीकृति प्रदान गरिने कुनै पनि कार्य गर्न तयार छौं । कर्पोरेट एडभाइजरी सेवा दिने कुरा गर्नुभयो । यो कस्तो योजना हो ? कर्पोरेट एडभाइजरी सेवा नेपालमा मर्चेन्ट बैंकका लागि नयाँ कुरा हो । सिविआइएल क्यापिटलले आफुलाई यसको लागि तयार गरिसकेको छ । संगठित संस्थाको संरचना हेरफेर, मूल्याँकन , व्यवसायिक योजना, लोन सिन्डिकेशन, र्विर्कङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श सेवा प्रदान गरिने जिम्मेवारी संस्थागत परामर्शदाताको हुनेछ । २० करोड रुपैयाँ चुत्तापुँजी भएपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो काम शुरु गर्नेछौं ।
दशै केन्द्रित सुरक्षायोजना सार्वजनिक, ३ हजार ५३५ सादापोशाकका सुरक्षाकर्मी परिचालन हुने
काठमाडौ । नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ ।चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो । प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले चाडबाड केन्द्रित सुरक्षा योजना सार्वजनिक गरे । नेपालीको चाड दशैँ, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै प्रमुख लामाले ३ हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताए । चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसालगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सक्रियता अपनाइने उहाँले जानकारी दिए। नागरिकको घर सम्पत्ति रहेको स्थान, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था एवं आर्थिक कारोवार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोवार हुने स्थानमा सुरक्षाकर्मी परिचालित हुनेछन् । यस्तै सरकारी कार्यालय, काठमाडौँ प्रवेश गर्ने नाका, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा विशिष्ट व्यक्तिको गतिविधि हुने स्थानमा कम सुरक्षाकर्मी परिचालित हुनेछन् । जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने तथा प्राप्त साधनस्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यसमेत परिसरले राखेको छ । रासस
सेयर बजारमा दशैं लाग्यो, ठूला लगानीकर्तालाई खरिदको अवसर
काठमाडौं । सेयर बजारमा दशैँ लागेको छ । दशैं आउन डेढ हप्ता मात्रै बाँकी रहँदा बजारका लगानीकर्ता भने दशैं खर्चको जोहोमा लागेका छन् । आइतबार बजार १०.४७ अंकले घटेको छ । कारोबार रकम खासै नघटेर ५८ करोड कायम रहेको भएपनि बजारमा सेलिङ प्रेसर भने निकै बढि देखिएको एक ब्रोकरले बताए । लगानीकर्ताले पनि दशैंको जोहो गर्न थालेको अनुभूति लगानीकर्ताका नेताहरुले नै गर्न थालेका छन् । सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने– यति चाँडै दशैं नलाग्नुपर्ने थियो, चाँडै लागेको जस्तो देखियो । लगानीकर्ताले दशैं र ब्याजका लागि पैसाको जोहो गर्न थालेको जस्तो देखियो । यो नियमित प्रक्रिया हो, बजार सामान्य करेक्सनको बाटोमा गएको हुन सक्छ’, फुल्लेलले भने । उनले भने बजारमा सेयरको सेलिङ प्रेसर नभएको दावी गरे । दशैं तिहारमा बजार सामान्यतया केहि सुस्ताउने पनि उनले जिकिर गरे । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि केहि चाँडै लगानीकर्ता दशैंको जोहो गर्न लागेको हुन सक्ने बताए । ‘यो नराम्रा कम्पनीहरुको सेयर बेचेर राम्रामा लगानी गर्ने समय हो, अर्काे भनेको दशैंका लागि नाफा सुरक्षित गर्ने समय पनि हो, बुझ्ने लगानीकर्ताले भने मध्यमकालको लगानीका लागि राम्रा कम्पनीको सेयर किन्न सक्छ’, रौनियारले भने । उनले पनि दशैं तिहार लगायतका मुल चाडबाडका समयमा सेयर केहि सुस्ताउन सक्ने स्वीकार गरे । अर्का लगानीकर्ता ज्योति दाहालले पनि साना लगानीकर्ताले दशैंको जोहो गर्न थालेको बताए । ‘अहिले साना लगानीकर्ताहरु सेयर बेच्न तम्सिएका छन्, त्यसमा दशैंको जोहो जोडिएको छ’, दाहालले भने । उनले सेयर बजारका साना लगानीकर्ताले सेयर बजार बढ्दा सेयर किन्ने र घट्दा बेचेर सधैँ नोक्सानी व्यहोर्ने गरेको दावी पनि गरे । ‘साना लगानीकर्ता बेलैमा सोच्दैनन्, बढ्यो भने कागज हेरेर बस्नछन् । घट्यो भने मारवाडी आएनन्, एनआरइनलाई आउन दिएनन् भनेर गाली गर्दै नोक्सानी नै व्यहोर्छन् ।’, दाहालले भने ।
माछापुच्छ्रे बैंकले गर्याे पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण
काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए। पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीय मन्त्रीले उच्च प्रशंसा गरे। उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ बैंक परिवार गौरवान्वित भएको बताए। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् । बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहकलाई सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
संयुक्त अस्थायी करार शिक्षक समितिले असोज १५ र १६ गते सामूदायिक विद्यालय बन्द गर्ने
काठमाडौं। संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीहरु विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्नेपनि माग गरेको छ । त्यस्तै समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने पनि माग गरेको छ । समितिले यति गर्दागर् दैपनि यदि कोही साथीहरु विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्ने पनि माग अघि सारेको छ । त्यस्तै सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिईने भनिएको उपदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अविलम्ब प्रकृया शुरु गर्नुपर्ने पनि माग विज्ञप्तीमा उल्लेख गरेको छ । आफूहरुले अघि सारेका मागहरु पूरा गर्न अविलम्ब प्रकृया अगाडि नबढाईएमा समितिले पुनः विगतका भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । समितिका अध्यक्ष हेमनाथ चौलागाँईले सबै प्रकृतिका अस्थायी शिक्षकहरुलाई बिना भेदभाव ४० अंक आउँदा उत्तिर्ण हुने वातावरण बनाउन सरकारसँग माग गरे । उनले भने,‘म यही कार्यक्रममार्फत राज्यलाई भन्न चाहन्छु, की सरकारले हाम्रा मागहरु संघीय शिक्षा ऐनमार्फत सम्बोधन गर्नुपर्छ । यदि सरकारले हाम्रा मागहरु सम्बोधन गरेन भने हामी बाध्य भएर सडक संघर्षमा उत्रिन्छौं ।’ समितिले यही असोज २१ गतेसम्म आफ्ना मागहरु पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । यदि असोज २१ गतेसम्म पनि माग पूरा नगरे बाध्य भएर आफूहरु देशव्यापी रुपमा अस्थायी करार, राहत, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरु संयुक्त रुपमा माईतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको निषेधित क्षेत्रपनि तोड्ने समितिका अध्यक्ष चौलागाँईले बताए । समितिले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामूदायिक विद्यालयहरु बन्द गर्ने जानकारी दिएको छ । अध्यक्ष चौलागाँईले राज्यले आफूहरुलाई विभिन्न समूहमा विभाजित गरेर आन्दोलनलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाए । उनले भने,‘हामीले जीवनको ३० औं वर्ष हाम्रो उर्वर समय खर्च गरिसक्यौं । अहिले गलहत्याएर त्यतिकै अपमान गरेर रित्तो हात फर्काउन पाईँदैन् ।’ कार्यक्रममा विद्यालय कर्मचारी संगठनका अध्यक्ष शंकर ढकाल, समितिका कानुनी सल्लाहकार सुर्य तिवारी, अस्थायी शिक्षक आन्दोलन समितिका महासचिव महादेव भट्टलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन भने समितिका सचिव शिव अधिकारीले गरेका थिए । आफूहरुले २० औं वर्ष पढाउँदापनि अहिलेसम्म स्थायी नगरिएकोमा आक्रोश पोखेका थिए । अब सर्वोच्च अदालतको फैसला बमोजिम आफूहरुलाई स्थायी गराउन जस्तोसुकै आन्दोलन गर्नपनि पछि नपर्ने उनीहरुको भनाई छ । उनीहरुले बाँच्नको लागिपनि अब आन्दोलन गर्नको विकल्प नरहेको स्पष्ट पारे । उनीहरुले आफूहरुसँग अब कि त मर्नु र कि त स्थायी हुनुको विकल्प नभएकोपनि जिकिर गरे ।
२ महिनामा विकास खर्च २ प्रतिशत मात्र, साउन र भदाैमा ५ अर्ब ८५ करोड
काठमाडौ । चालू आर्थिक वर्षको २ महिनामा मात्रै २ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै २ प्रतिशत पूँजीगत खर्च भएको पाइएको हो । शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाको समुपस्थितिमा सबै मन्त्रालयका सचिवको संयुक्त बैठकका क्रममा उक्त तथ्य पेश गरिएको हो । सो अवधिमा चालू खर्च ९६ अर्ब २५ करोड रुपैयाँ भएको जानकारी गराइएको थियो । आव २०७४÷०७५ मा त्यस्तो खर्च १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । त्यो भनेको कूल १५ प्रतिशत खर्च थियो भने चालु आवमा ११ प्रतिशत चालू खर्च भएको छ । चालू आवको दुई महिनामा ५ अर्ब ८५ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । आव २०७४/ ०७५ मा ४ अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालू आवमा केही बढी पूँजीगत खर्च भएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा १ अर्ब १८ करोडको हिसाब देखिएको छ । आव २०७४/ ०७५ मा त्यस्तो व्यवस्था ८२ करोड रुपैयाँ मात्रै भएको थियो । चालू आवमा ८ प्रतिशत खर्च भएको छ । आव २०७४/०७५ मा कूल खर्च १० प्रतिशत भएको थियो । अर्थमन्त्री डा खतिवडाले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउने, कार्य सम्पादनमा अन्तर मन्त्रालय समन्वयलाई अझ बढी प्रभावकारी बनाउने, अर्थ मन्त्रालयले अन्य मन्त्रालयबाट उठान भई आएका विषयमा सहयोग र सहजीकरणमा ध्यान दिने तथा तहगत सरकारबीचको सहकार्य र अन्तक्र्रियालाई थप सुदृढ बनाई कार्य सम्पादन गरेमा बजेटले राखेका उद्देश्य पूरा हुने बताए। बैठकमा विभिन्न मन्त्रालयका सचिवले चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्यायोजनाअनुरुप आआफ्नो मन्त्रालयले भदौ मसान्तसम्म हासिल भएका परिमाणात्मक उपलब्धि, बजेट खर्चको अवस्था, बजेट कार्यान्वयनमा रहेका समस्या र आगामी रणनीतिका बारेमा जानकारी गराएका थिए । राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले अन्तर मन्त्रालय सहयोगमा वृद्धि गर्दै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयको गतिलाई अझै बढाउनुपर्ने, सूचना प्रविधिमा आधारित प्रतिवेदन प्रणालीलाई सुदृढ गर्दै व्यवहारमा अवलम्बन गर्न, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र बजेट कार्यान्वयनबीच सूचना तथा प्रतिवेदनसम्बन्धी काममा अन्तर आबद्धता बढाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस
४२५ मेगावाटको वेतन कर्णाली आयोजनाको अघि बढ्यो, धमाधम विस्तृत इन्जिनियरिङ काम
काठमाडौं । कर्मचारी संचय कोषले बनाउन लागेको प्रस्तावित ४२५ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाको काम अघि बढेको छ । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको वातावरणीय प्रभाव मूल्याकन (ईआईए) को काम सुरु गरेको छ । आयोजना अघि बढाउन ईआईए स्वीकृत हुनुपर्नेछ । नेपाल विद्युत प्राधिकरण अन्र्तगतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले ईआईएको काम सुरु गरेको छ । उसैले आयोजनाको विस्तृत इन्जिनियरिङको काम गरिरहेको छ । अर्धजलासययुक्त ( पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रकृतिको आयोजनाबाट वार्षिक २ अर्ब युनिट बिजुली उत्पादन हुने देखिएको छ । आयोजना सुर्खेत चौकुना र आछामको ढकारी गाउँपालिकामा पर्छ । कोषले संचयकर्ताले पाउने नाफा रकम यो आयोजना बनाउन लागेको हो । कोषले संचयकर्ताको लाभांश रकम सेयरमा रुपान्तरण गरेको छ । ६ लाख भन्दा बढी संचकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत रकम वेतन कर्णालीमा सेयरको रुपमा लगानी गर्न लागेको हो । कोषले गत वर्ष नै सो आयोजना बनाउनका लागि संचयकर्ताबाट २ अर्ब ८२ करोड रुपैयाँ जुटाइ सकेको छ । संचय कोषले गत आर्थिक वर्षमा गरेको नाफाको ८१ प्रतिशत रकम कम्पनीमा सेयरको रुपमा लगानी भएको छ । गत आवमा कोषले १ अर्ब ८९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ नाफा गरेको कोषले जनाएको छ । अघिल्लो आवमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । कोषले आयोजनामा लगानी जुटाउन सञ्चयकर्ताको नाफालाई जलविद्युतको सेयरमा लगानी गर्ने तयारी थालेको हो । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । प्रत्येक वर्ष कोषको नाफा बढ्दै गएकाले स्वपूँजीका लागि समस्या नभएको कोषले जानकारी दिएको छ । वेतन कर्णालीले आवश्यक ५० अर्ब रुपैयाँ ऋणको व्यवस्थापन गर्न कोषलाई अनुरोध गरेको छ । कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्ने छ ।कम्पनीका सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली लागु गरेको छ । यस्तै कोष, नेपाल विद्युत प्राधिकरणको पनि लगानी हुनेछ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफालाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरेको हो । कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । कोषका सञ्चयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् । वर्षेनी नाफा बढ्दै गएकाले रकम थपिने छ । काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न हुने छ । आयोजना सुर्खेत र आछम जिल्लामा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पंहुचमार्ग र ५ किलोमिटर लामो प्रसारणलाइन बनाउनु पर्ने देखिएको छ ।
स्टक ब्रोकर एसोसियनमा भरत रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं । स्टक ब्रोकर एसोशियसनको शुक्रबार सम्पन्न साधारणसभाले भरत रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिबमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषध्यक्षमा गुणनिधि भुसाल निर्वाचित भएका छन् । एसोसियसनको सदस्यमा सञ्जीला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचन, सुमन गौतम र रमणदेव पन्त चयन भएका छन् ।
नेपालको अर्थतन्त्र २४ अर्ब ७७ करोड घाटामा, आयात बढ्नु मुल कारण
काठमाडौं । आयात उच्च वृद्धि भएपछि चालु आर्थिक वर्षको पहिलो माहिनामा मुलुकको शोधानान्तर घाटा भएको छ । गत साउनमा मात्रै २४ अर्ब ७७ करोड रुपैयाँ शोधानान्तर घाटा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो माहिनामो परिदृष्य सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अघिल्लो वर्षको पहिलो महिनामा ३ अर्ब २९ करोडले शोधानान्तर घाटामा थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २९ करोड ५७ लाख रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ६७ करोड ४७ लाख र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६१ करोड रुपैयाँ थियो । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो घाटा ५ अर्ब ९८ करोड रुपैयाँ मात्र थियो । अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर ५ करोड ८३ लाख रहेको चालु खाता घाटा समीक्षा महिनामा अमेरिकी डलर २३ करोड ४ लाख पुगेको छ । विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । साउनमा ०.९ प्रतिशतले कमी आई १० खर्ब ९२ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ । सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
डलरले बढायो रेमिट्यान्स,१ महिनामा ७३ अर्ब ९५ करोड पुग्यो
काठमाडौं । अमेरिकी डलर महंगो भएपछि चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । गत साउनमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । डलर महंगो भएका कारण विप्रेषण बढेको हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३५.३ प्रतिशतले वृद्धि भई ८४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.७ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ ।
संचय कोष बोर्डले संचयकर्ताको १० लाखसम्म स्वास्थ्य बीमा स्वीकृत गर्यो, राष्ट्रिय बीमा कम्पनी पोलिसी बनाउदै
काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्ताको स्वास्थ्य बीमा योजना स्वीकृत गरेको छ । कोषको हालै बसेको सञ्चालक समिति बैठकले ६ लाख संचयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने प्रस्ताव पारित गरेको हो । बोर्डले स्वीकृति दिएपछि कोषलाई कात्तिकदेखि संचयकर्ताको स्वास्थ्य बीमा योजना लागु गर्न बाटो खुला भएको छ । बोर्डले स्वीकृत गरेकाले बीमा योजना कार्यान्वयनमा आउने कोषका प्रशासक तुलसी गौतमले बताए । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले स्वास्थ्य बीमा पोलिसी निर्माण सुरु गरेको पनि उनले जानकारी दिए । कोषले प्रतिसंचयकर्ता ४५० रुपैयाँ बीमा शुल्क तिर्ने सहमति राष्ट्रिय बीमा कम्पनीसंग गरेको छ । यसबाट ६ लाख संचयकर्तालाई २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । दुर्घटना वा अन्य कारणले मृत्युपछि मात्र कोषले सामाजिक सुरक्षा दिने योजना छ । अब कर्मचारी वहाल भएको अवस्थामा पनि ठुला तथा कडा खालका रोग लाग्यो र अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्था आयो भने त्यसका लागि उपचार खर्च दिने व्यवस्था गर्न लागेको हो । नयाँ बीमा योजनाले अस्पतालमा भर्ना हुनुपर्ने विरामीका लागि १ लाख रुपैयाँसम्मको औषधी उपचार र कडा रोग लागेको विरामीलाई १० लाख रुपैयाँसम्म उपचार खर्च दिने छ । संचयकर्ताको मृत्युपछि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा रहेकोमा अब वहाल रहेको अवस्थामा संचयकर्तालाई ठुलो रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च र १ लाख रुपैयाँ औषधि उपचार खर्च उपलब्ध हुनेछ । यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विशेष व्यवस्था गर्ने तयारी कोषको छ । कोषसंग १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ कमाउछ । वार्षिक १० देखि १२ करोड रुपैयाँ व्यवस्थापन गर्न समस्या नरहेको कोषको भनाई छ । कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको उनले स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ । यता सरकारले कर्मचारीको पनि २ लाख रूपैयाँसम्मको बीमा गरेको छ । योगदानमा आधारित पेन्सन योजना कोषले सञ्चालन गर्ने भएको छ ।
स्टक ब्रोकर एसोसियसनमा उपाध्यक्षसहित ८ पदमा निर्विरोध, अध्यक्षको निर्वाचन शुक्रबार
काठमाडौं । स्टक बोकर एसोसियसन अफ नेपालको नयाँ कार्यसमितिका लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा कोहिनूर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका भरत रानाभाट र भिजन सेक्युरिटिजका राजकुमार तिमल्सिनाको उम्मेदवारी परेको छ । एसोसियसनको उपाध्यक्षमा त्रिशत्ति सेक्युरिटिजका टंकप्रसाद गौतम, महासचिवमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा सनि सेक्युरिटजका सन्तोष पौडेल र कोषाध्यक्षमा आर्यतार इन्भेष्टमेन्टका गुणनिधि भुसाल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा निभ सेक्युरिटिजकी सजिला अर्याल, सुनधारा सेक्युरिटजका फडिन्द्र ढकाल,भृकुटी स्टकका सन्दीप चाचन र ओपल सेक्युरिटजका सुमन गौतम निर्विरोध चयन भएको एसोसियसनले जनाएको छ । अध्यक्षका लागि शुक्रबार निर्वाचन हुने छ । अध्यक्षका प्रत्यासी रानाभाटले उम्मेदवारी फिर्ता लिने संभावना रहेको स्रोतको भनाई छ ।