आयल निगमको घाटा बढेर १२९ करोड पुग्यो, पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा नोक्सान

<p>काठमाडौ । सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ६४ करोड ५७ [&hellip;]</p>

काठमाडौ । सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा, डिजलमा ४ रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
भारतमा इन्धनको भाउ बढेर लिटरको ९१ भारु पुगेको छ । विश्वबजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको ८३ डलर पुगेको छ । अमेरिकी डलर मजवुत हुन थालेपछि इन्धनको भाउ बढ्न थालेको हो ।

Share News