सेवा विस्तारमा आक्रामक बन्दै गोकर्णेश्वर यातायात, उपत्यकाभित्र ८० वटा बस सञ्चालनमा

<p>काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले सेवा विस्तारलाई तिब्रता दिएको छ । एकै दिन ३० वटा नयाँ बस थप्दै गोकर्णेश्वरले सेवा विस्तार गरेको हो । कम्पनीले मंगलबारबाट साँखु-दक्षिणकाली रुटमा बस सेवा सञ्चालन गरेको हो । कम्पनीका अनुसार सो रुटमा अब ४० वटा बस सञ्चालन हुनेछ । बस साँखु थली, नारायणटार, जोरपाटी, चाबहिल, नयाँबसपार्क हुँदै दक्षिणकाली पुग्नेछ [&hellip;]</p>

काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले सेवा विस्तारलाई तिब्रता दिएको छ । एकै दिन ३० वटा नयाँ बस थप्दै गोकर्णेश्वरले सेवा विस्तार गरेको हो ।

कम्पनीले मंगलबारबाट साँखु-दक्षिणकाली रुटमा बस सेवा सञ्चालन गरेको हो । कम्पनीका अनुसार सो रुटमा अब ४० वटा बस सञ्चालन हुनेछ । बस साँखु थली, नारायणटार, जोरपाटी, चाबहिल, नयाँबसपार्क हुँदै दक्षिणकाली पुग्नेछ । कम्पनीले सो रुटमा यसअघि १० वटा बस सञ्चालन गर्दे आएको थियो ।

यसैगरी कम्पनीले उपत्यकाभर ८० वटा बसबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News