४२५ मेगावाटको वेतन कर्णाली आयोजनाको अघि बढ्यो, धमाधम विस्तृत इन्जिनियरिङ काम

<p>काठमाडौं । कर्मचारी संचय कोषले बनाउन लागेको प्रस्तावित ४२५ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाको काम अघि बढेको छ । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको वातावरणीय प्रभाव मूल्याकन (ईआईए) को काम सुरु गरेको छ । आयोजना अघि बढाउन ईआईए स्वीकृत हुनुपर्नेछ । नेपाल विद्युत प्राधिकरण अन्र्तगतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले ईआईएको काम सुरु गरेको [&hellip;]</p>

काठमाडौं । कर्मचारी संचय कोषले बनाउन लागेको प्रस्तावित ४२५ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाको काम अघि बढेको छ । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको वातावरणीय प्रभाव मूल्याकन (ईआईए) को काम सुरु गरेको छ । आयोजना अघि बढाउन ईआईए स्वीकृत हुनुपर्नेछ ।

नेपाल विद्युत प्राधिकरण अन्र्तगतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले ईआईएको काम सुरु गरेको छ । उसैले आयोजनाको विस्तृत इन्जिनियरिङको काम गरिरहेको छ । अर्धजलासययुक्त ( पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रकृतिको आयोजनाबाट वार्षिक २ अर्ब युनिट बिजुली उत्पादन हुने देखिएको छ । आयोजना सुर्खेत चौकुना र आछामको ढकारी गाउँपालिकामा पर्छ ।

कोषले संचयकर्ताले पाउने नाफा रकम यो आयोजना बनाउन लागेको हो । कोषले संचयकर्ताको लाभांश रकम सेयरमा रुपान्तरण गरेको छ । ६ लाख भन्दा बढी संचकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत रकम वेतन कर्णालीमा सेयरको रुपमा लगानी गर्न लागेको हो ।
कोषले गत वर्ष नै सो आयोजना बनाउनका लागि संचयकर्ताबाट २ अर्ब ८२ करोड रुपैयाँ जुटाइ सकेको छ । संचय कोषले गत आर्थिक वर्षमा गरेको नाफाको ८१ प्रतिशत रकम कम्पनीमा सेयरको रुपमा लगानी भएको छ । गत आवमा कोषले १ अर्ब ८९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ नाफा गरेको कोषले जनाएको छ ।

अघिल्लो आवमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । कोषले आयोजनामा लगानी जुटाउन सञ्चयकर्ताको नाफालाई जलविद्युतको सेयरमा लगानी गर्ने तयारी थालेको हो । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । प्रत्येक वर्ष कोषको नाफा बढ्दै गएकाले स्वपूँजीका लागि समस्या नभएको कोषले जानकारी दिएको छ ।

वेतन कर्णालीले आवश्यक ५० अर्ब रुपैयाँ ऋणको व्यवस्थापन गर्न कोषलाई अनुरोध गरेको छ । कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्ने छ ।कम्पनीका सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली लागु गरेको छ । यस्तै कोष, नेपाल विद्युत प्राधिकरणको पनि लगानी हुनेछ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफालाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरेको हो ।

कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । कोषका सञ्चयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् । वर्षेनी नाफा बढ्दै गएकाले रकम थपिने छ ।

काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न हुने छ । आयोजना सुर्खेत र आछम जिल्लामा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पंहुचमार्ग र ५ किलोमिटर लामो प्रसारणलाइन बनाउनु पर्ने देखिएको छ ।

Share News