काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
आईपीओ निष्कासन सम्बन्धि सम्झौतापत्रमा माउण्टेनका तर्फबाट संचालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिरबादे श्रेष्ठ र सीबीआईएल क्यापिटलका सीईओ समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।