नेपालको अर्थतन्त्र २४ अर्ब ७७ करोड घाटामा, आयात बढ्नु मुल कारण

<p>काठमाडौं । आयात उच्च वृद्धि भएपछि चालु आर्थिक वर्षको पहिलो माहिनामा मुलुकको शोधानान्तर घाटा भएको छ । गत साउनमा मात्रै २४ अर्ब ७७ करोड रुपैयाँ शोधानान्तर घाटा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो माहिनामो परिदृष्य सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अघिल्लो वर्षको पहिलो महिनामा ३ अर्ब [&hellip;]</p>

काठमाडौं । आयात उच्च वृद्धि भएपछि चालु आर्थिक वर्षको पहिलो माहिनामा मुलुकको शोधानान्तर घाटा भएको छ । गत साउनमा मात्रै २४ अर्ब ७७ करोड रुपैयाँ शोधानान्तर घाटा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो माहिनामो परिदृष्य सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अघिल्लो वर्षको पहिलो महिनामा ३ अर्ब २९ करोडले शोधानान्तर घाटामा थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २९ करोड ५७ लाख रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ६७ करोड ४७ लाख र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६१ करोड रुपैयाँ थियो ।

आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो घाटा ५ अर्ब ९८ करोड रुपैयाँ मात्र थियो । अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर ५ करोड ८३ लाख रहेको चालु खाता घाटा समीक्षा महिनामा अमेरिकी डलर २३ करोड ४ लाख पुगेको छ ।

विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । साउनमा ०.९ प्रतिशतले कमी आई १० खर्ब ९२ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News