आदिशंकर आचार्यले गरे चन्द्रागिरि केबलकारको भ्रमण

<p>काठमाडौं। आदिशंकर आचार्यले चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन्। चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीनबहादुर गुरुङ्गले आदिशंकरलाई स्वागत गरे । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदिशंकर आचार्यले महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पबित्र रहेको कुरा उल्लेख गरेका छन् । नयाँ योजनाकासाथ निर्माण भएको  भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको [&hellip;]</p>

काठमाडौं। आदिशंकर आचार्यले चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन्। चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीनबहादुर गुरुङ्गले आदिशंकरलाई स्वागत गरे ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदिशंकर आचार्यले महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पबित्र रहेको कुरा उल्लेख गरेका छन् । नयाँ योजनाकासाथ निर्माण भएको  भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको उपर्युक्त हेरचाह देखेर आफु प्रसन्न भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गरेका थिए।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share News