उपत्यकाका सम्पूर्ण विद्यार्थीले एक हप्ताभित्र खोप लगाइ सक्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका सीडीओले एक साताभित्र तोकिएका उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइसक्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका (काठमाडौं, ललितपुर र भक्तपुर) प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयले तोकिएको उमेर समूहका विद्यार्थीलाई एक हप्ताभित्र कोरोना विरुद्धको खोप लगाइसक्न निर्देशन दिएको हो । ‘जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्षउमेर समूहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा एक हप्ताभित्र कोभिड विरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गनुपर्नेछ’, सीडीले कार्यालयले जारी गरेको १८ बुदे निर्देशनमा भनिएको छ । सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म देशभर सञ्चालन भएका विद्यालयलाई माघ १५ गतेसम्म तोकिएका उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइसक्न निर्देशन दिएको थयो । सरकारले आजदेखि माघ १५ गतेसम्म निजी तथा सरकारी विद्यालय बन्द गरेको छ ।

मंगलबार २४ सय बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा २४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १५ हजार ३३ जनाको परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३१३ जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

काठमाडौं । क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकियो भने उपचार संम्भव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ । चिकित्सकिय परामर्श लिनु पर्छ । यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती एचपिभी भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ वर्ष उमेर वर्गका बच्चाहरुलाई २ डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरुलाई ३ डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ वर्षभन्दा माथिका उमेर पुगेका मानिसहरुले भ्याक्सिन लगायता पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ । ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरु हुन् । कस्तो अवस्थामा यसको परिक्षण गर्ने ? महिनावरी नभए पनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समय सम्म खाकी निको नहुने र तौल घट्दै जाने लगायत लक्षणहरु देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तीसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा विवाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरुले कम्तिमा वर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरुलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामीले हामी कहाँ आउने महिला दिदीबहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सावधानका उपायहरुको ज्ञान दिन जरुरी छ । (डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रुपमा विगत ५ वर्ष देखि कार्यरत छिन् ।)