उपत्यकाका सम्पूर्ण विद्यार्थीले एक हप्ताभित्र खोप लगाइ सक्नुपर्ने

<p>काठमाडौं । काठमाडौं उपत्यकाका सीडीओले एक साताभित्र तोकिएका उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइसक्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका (काठमाडौं, ललितपुर र भक्तपुर) प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयले तोकिएको उमेर समूहका विद्यार्थीलाई एक हप्ताभित्र कोरोना विरुद्धको खोप लगाइसक्न निर्देशन दिएको हो । [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाका सीडीओले एक साताभित्र तोकिएका उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइसक्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका (काठमाडौं, ललितपुर र भक्तपुर) प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयले तोकिएको उमेर समूहका विद्यार्थीलाई एक हप्ताभित्र कोरोना विरुद्धको खोप लगाइसक्न निर्देशन दिएको हो ।

‘जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्षउमेर समूहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा एक हप्ताभित्र कोभिड विरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गनुपर्नेछ’, सीडीले कार्यालयले जारी गरेको १८ बुदे निर्देशनमा भनिएको छ ।

सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म देशभर सञ्चालन भएका विद्यालयलाई माघ १५ गतेसम्म तोकिएका उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइसक्न निर्देशन दिएको थयो ।

सरकारले आजदेखि माघ १५ गतेसम्म निजी तथा सरकारी विद्यालय बन्द गरेको छ ।

Share News