काठमाडौंमा कोरोनाले उग्र रुप लिँदै, एकैदिन १२ सय ८६ जनामा देखियो कोरोना

<p>काठमाडौं । पछिल्लो समय कोरोना माहामारीले विश्वभर उग्र रुप लिँदै गएको छ । नेपालमा पनि दिनानुदिन संक्रमणको दर बढ्दै गएको छ । विशेष गरी काठमाडौं उपत्यकामा संक्रमणको दर उच्च छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका कूल संक्रमितमध्ये काठमाडौंमा ९८०, ललितपुरमा २२१ [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय कोरोना माहामारीले विश्वभर उग्र रुप लिँदै गएको छ । नेपालमा पनि दिनानुदिन संक्रमणको दर बढ्दै गएको छ ।

विशेष गरी काठमाडौं उपत्यकामा संक्रमणको दर उच्च छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका कूल संक्रमितमध्ये काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Share News