काठमाडाैं । पछिल्लो २४ घण्टामा २४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १५ हजार ३३ जनाको परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा ३१३ जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।