साढे १३ हजारको पासपोर्ट रोक्का

काठमाडौं । अध्यागन विभागले १३ हजार ४१२ जनाको पासपोर्ट रोक्का गरेको छ । नेपाली र विदेशी नागरिकसहित विभिन्न मुलुकका व्यक्तिका राहदानी रोक्का गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार नेपाल प्रहरीले गरेको सिफारिसमा २ हजार ६१७ जनाको राहदानी रोक्का भएको छ । कारागार व्यवस्थापन विभागले ६ हजार १९० जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको हो ।

वैदेशिक रोजगार विभागले ४८९ जनाको पासपोर्ट रोक्का गर्न अनुरोध गरेको विमानस्थल अध्यागन प्रमुख नरहरि घिमिरे जानकारी दिए । उनका अनुसार चोरी र हराएको राहदानी ३९० रहेका छन् ।

सहकारी विभागले ६९ जनाको पासपोर्ट रोक्न अनुरोध गरेर विमानस्थलको अध्यागमनमा रिपोर्ट आइपुगेको घिमिरेले जानकारी दिए ।

अदालतले ११७ जनाको पासपोर्ट रोक्न अनुरोध गरेको उनले बताए । विभिन्न निकाय तथा एजेन्जसीले अध्यागमनलाई ३ हजार ५४० जनाको राहदानी रोक्का गर्न निर्देशन दिएको घिमिरेले जानकारी दिए ।
 

Share News