हाइम्याक्स बत्ती बालेर काठमाडौं उज्यालो पार्ने योजना अलपत्र, बालेनको प्राथमिकतामा कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकालाई काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने सकस परेको छ । महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि ठेक्का लगाउन नसक्दा सकस परेको हो । हाइम्याक्स बत्ती जडान महानगरको योजना भए पनि ठेक्का हुन नसक्दा काम रोकिएको महानगरले जानकारी दिएको छ । महानगरले विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि चालु आर्थिक वर्ष २०७८/७९ मा प्रक्रिया अगाडि बढाएको थियो । महानगरले बत्ती जडान गर्नको लागि ठेक्का लगाए पनि ठेक्का पटक-पटक रद्द हुँदै आएको छ । यस पटक पनि ठेक्का रद्द भएर महानगरपालिकाले पुन ठेक्का लगाउने तयारी रहेको महानगरका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापाले बताए । ‘पहिलाको कार्यकारी पनि जानु भयो, मुल्याङकन समितिलाई टेकुस्थित कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मुद्दा चलाएपछि २÷३ महिना नयाँ मूल्याङकन समिति पनि भएन, मुद्दा दायर भए बैंक ग्यारेन्टी सकिएपछि सबै योजनाहरू पनि पुनः ठेक्कामा पानु पर्ने भयो,’ उनले भने । थापाका अनुसार हाइम्याक्स बत्ती जडान गर्ने ठेक्का सनब्राइट निर्माण कम्पनीले पाएको थियो । सो कम्पनीले ठेक्का पाए पनि महानगरसँग बत्ती जडान गर्ने सम्झौता भने हुन सकेन । महानगरपालिका आगामी आर्थिक वर्ष २०७९/८० बाट बत्ती जडान गर्नको लागि ठेक्का लगाउन तयारीमा जुटेको छ । महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास गर्ने परिकल्पना साथ महानगरले विभिन्न ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागेको हो । काठमाडौं महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि चालु आर्थिक वर्षमा १० करोड बजेट छुट्याएको थियो । चालु आवमा नै छुट्याएको बजेटले बत्ती जडान गर्नको पर्याप्त पुग्ने भएकोले आगामी आर्थिक वर्षमा यसको लागि बजेट नछुट्याएको पनि थापाले जानकारी दिए । यस्ता बत्ती प्रायः विमानस्थल तथा खेल मैदानमा मात्रै बढी जडान गरिएको पाइन्छ । महानगरले यस बक्तिलाई बानेश्वर चोक, माइतीघर, सिंहदरबार, रत्नपार्क वरपर, वसन्तपुर तथा चोक र जक्सनमा जोड्ने महानगरको योजना रहेको पनि थापाले बताए । यसअघि नै सो काम सक्ने महानगरको योजना भएपनि ठेक्का पटकपटक रद्द हुदा काम रोकिएको महानगरको भनाइ छ । महानगरका अनुसार उच्चस्तरको हाइम्याक्स बत्ती ५० फिट अग्लो पोल गाडेर जडान गरिने छ । यस बत्तीले करिब ३ सय मिटर वरपर प्रकाश दिन्छ । ‘आगामी आर्थिक वर्ष २०७९/८० को लागि महानगरपालिकाले बजेट प्रस्तुत गरिसकेको छ, बजेट पनि पास भइसकेको छ, साउन लाग्ने बतिकै यो ठेक्का प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । उक्त बत्ती जडान भएको ६ महिना भित्र सम्पन्न हुने छ । थापाका अनुसार काठमाडौंलाई उज्यालो शहरको रूपमा अगाडि बढाउनको लागि हाइम्याक्स बत्तीले धेरै भूमिका खेल्नेछ । यसले शान्ति सुरक्षासँगै चोरीका घटनामा पनि कमी आउने उनको भनाइ छ । महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएसँगै काठमाडौं महानगरको ३२ वडाका १० हजार स्थानमा हाइमाक्स बत्ती जडान गर्ने र महानगरपालिकालाई उज्यालो शहरको रूपमा विकास गर्ने परिकल्पना अगाडि सारेका थिए । तर, बक्ति जडानको ठेक्का हुन नसक्दा अन्योलमा हाइम्याक्स देखिन्छ । ‘बत्ती जडान गर्ने महानगरको धेरै अगाडिको योजना हो, ठेक्का सम्झौता भएको भए बत्ती जडान गरी यति खेर बलुकाको समयमा काठमाडौंका चोकहरू झलमल्ल देखिन्थे, उनले भने । महानगरपालिकामा परेको मुद्दाका कारणले नै धेरै योजनाहरूको ठेक्का भङ्ग भएका छन् । थापाका अनुसार महानगरका मेयर बालेन्द्र शाह –बालेन)ले यस योजनालाई प्राथमिकताका साथ हेरेका छन् अब नयाँ आर्थिक वर्ष सुरू हुने वित्तिकै यसको प्रक्रिया सुरु हुनेछ ।
मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो, विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब
काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । यस्तै, २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड कायम भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७।५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।
चीनका बैंक संकटमा पर्दा निक्षेपकर्ताको बिजोक, ‘मेरो बचत फिर्ता गर’ भन्दै हजारौं सर्वसाधारण सडकमा
एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले ‘मेरो बचत फिर्ता गर’ भन्दै विरोध गरेका हुन् । उनीहरुले विशेष गरेर चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामिण बैंकहरू विरुद्द विरोध गर्दै आएका छन् । हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंकले निक्षेप फिर्ता नदिएको उल्लेख छ । साना चार वटा ग्रामिण बैंकहरूले निक्षेप अरबौं रकम निक्षेप फिर्ता नगरेको भन्दै उनीहरू तीन महिनादेखि विरोधमा रहेको बताइएको छ । पछिल्लो समय चीनका साना ग्रामिण बैंकहरु समस्यामा भएको कारणले निक्षेप फिर्ता गर्न नसकेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार १० लाख निक्षेपकर्ताहरूले आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । चार वटा बैंकहरुले अर्बौं मिलियन युआन फिर्ता गर्न बाँकी छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बैंकहरु समस्यामा पर्दा निक्षेप नै फिर्ता गर्न नसकेको उल्लेख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका हुन् । केही बैंकहरूले यही बिचमै अनाधिकृत रूपमा र उच्च ब्याजदरमा बचतका स्कीम ल्याउँदा अहिले बचत फिर्ता गर्न नसकेको पनि बुझिएको छ । बैंकहरुले अधिकांश लगानी घरजग्गामा गर्दा र कोभिडको समयमा घरजग्गा व्यवसाय संकटमा पर्दा बैंकहरुलाई समस्या सिर्जना भएको उल्लेख छ । अहिले चिनीयाँ बैंकहरुको खराब कर्जाको अनुपात बढेको बताइएको छ । ती चारवटै बैंकहरुको सेयरधनी हेनान न्यू फर्च्यून समूह हो । सो समूहले निक्षेपकर्ताको रकम फिर्ता नदिनुको कारण पटक–पटक परिवर्तन गर्दै आएको छ । ती बैंकहरुले कहिले बैंकलाई प्रणालीमा मर्मतसम्भार गर्नु परेको, कहिले ठगी भएको बताउँदै आएको छ भने कहिले आर्थिक संकटले निक्षेप फिर्ता दिन नसकेको बताउँदै आएको छ । पछिल्लो समय तरलताको अभावले नेपाली बैंकहरु पनि समस्यामा छन् । नेपाली बैंकहरुले पनि निक्षेप तान्नतकै लागि उच्च ब्याजदरमा निक्षेपका बिभिन्न स्कीम ल्याइरहेका छन् ।