हाइम्याक्स बत्ती बालेर काठमाडौं उज्यालो पार्ने योजना अलपत्र, बालेनको प्राथमिकतामा कति ?

<p>काठमाडौं । काठमाडौं महानगरपालिकालाई काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने सकस परेको छ । महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि ठेक्का लगाउन नसक्दा सकस परेको हो । हाइम्याक्स बत्ती जडान महानगरको योजना भए पनि ठेक्का हुन नसक्दा काम रोकिएको महानगरले जानकारी दिएको छ । महानगरले विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकालाई काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने सकस परेको छ । महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि ठेक्का लगाउन नसक्दा सकस परेको हो ।

हाइम्याक्स बत्ती जडान महानगरको योजना भए पनि ठेक्का हुन नसक्दा काम रोकिएको महानगरले जानकारी दिएको छ । महानगरले विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि चालु आर्थिक वर्ष २०७८/७९ मा प्रक्रिया अगाडि बढाएको थियो ।

महानगरले बत्ती जडान गर्नको लागि ठेक्का लगाए पनि ठेक्का पटक-पटक रद्द हुँदै आएको छ । यस पटक पनि ठेक्का रद्द भएर महानगरपालिकाले पुन ठेक्का लगाउने तयारी रहेको महानगरका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापाले बताए ।

‘पहिलाको कार्यकारी पनि जानु भयो, मुल्याङकन समितिलाई टेकुस्थित कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मुद्दा चलाएपछि २÷३ महिना नयाँ मूल्याङकन समिति पनि भएन, मुद्दा दायर भए बैंक ग्यारेन्टी सकिएपछि सबै योजनाहरू पनि पुनः ठेक्कामा पानु पर्ने भयो,’ उनले भने ।

थापाका अनुसार हाइम्याक्स बत्ती जडान गर्ने ठेक्का सनब्राइट निर्माण कम्पनीले पाएको थियो । सो कम्पनीले ठेक्का पाए पनि महानगरसँग बत्ती जडान गर्ने सम्झौता भने हुन सकेन ।

महानगरपालिका आगामी आर्थिक वर्ष २०७९/८० बाट बत्ती जडान गर्नको लागि ठेक्का लगाउन तयारीमा जुटेको छ । महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास गर्ने परिकल्पना साथ महानगरले विभिन्न ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि चालु आर्थिक वर्षमा १० करोड बजेट छुट्याएको थियो । चालु आवमा नै छुट्याएको बजेटले बत्ती जडान गर्नको पर्याप्त पुग्ने भएकोले आगामी आर्थिक वर्षमा यसको लागि बजेट नछुट्याएको पनि थापाले जानकारी दिए ।

यस्ता बत्ती प्रायः विमानस्थल तथा खेल मैदानमा मात्रै बढी जडान गरिएको पाइन्छ । महानगरले यस बक्तिलाई बानेश्वर चोक, माइतीघर, सिंहदरबार, रत्नपार्क वरपर, वसन्तपुर तथा चोक र जक्सनमा जोड्ने महानगरको योजना रहेको पनि थापाले बताए । यसअघि नै सो काम सक्ने महानगरको योजना भएपनि ठेक्का पटकपटक रद्द हुदा काम रोकिएको महानगरको भनाइ छ ।

महानगरका अनुसार उच्चस्तरको हाइम्याक्स बत्ती ५० फिट अग्लो पोल गाडेर जडान गरिने छ । यस बत्तीले करिब ३ सय मिटर वरपर प्रकाश दिन्छ ।

‘आगामी आर्थिक वर्ष २०७९/८० को लागि महानगरपालिकाले बजेट प्रस्तुत गरिसकेको छ, बजेट पनि पास भइसकेको छ, साउन लाग्ने बतिकै यो ठेक्का प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । उक्त बत्ती जडान भएको ६ महिना भित्र सम्पन्न हुने छ ।

थापाका अनुसार काठमाडौंलाई उज्यालो शहरको रूपमा अगाडि बढाउनको लागि हाइम्याक्स बत्तीले धेरै भूमिका खेल्नेछ । यसले शान्ति सुरक्षासँगै चोरीका घटनामा पनि कमी आउने उनको भनाइ छ ।

महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएसँगै काठमाडौं महानगरको ३२ वडाका १० हजार स्थानमा हाइमाक्स बत्ती जडान गर्ने र महानगरपालिकालाई उज्यालो शहरको रूपमा विकास गर्ने परिकल्पना अगाडि सारेका थिए । तर, बक्ति जडानको ठेक्का हुन नसक्दा अन्योलमा हाइम्याक्स देखिन्छ ।

‘बत्ती जडान गर्ने महानगरको धेरै अगाडिको योजना हो, ठेक्का सम्झौता भएको भए बत्ती जडान गरी यति खेर बलुकाको समयमा काठमाडौंका चोकहरू झलमल्ल देखिन्थे, उनले भने । महानगरपालिकामा परेको मुद्दाका कारणले नै धेरै योजनाहरूको ठेक्का भङ्ग भएका छन् ।

थापाका अनुसार महानगरका मेयर बालेन्द्र शाह –बालेन)ले यस योजनालाई प्राथमिकताका साथ हेरेका छन् अब नयाँ आर्थिक वर्ष सुरू हुने वित्तिकै यसको प्रक्रिया सुरु हुनेछ ।

Share News