७०% बढी मत खस्छ, ८ बजेदेखि नै मत गणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपिलया
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका छन् । थपलियाले मतदान केन्द्रहरू अपांगमैत्री बनाइएको समेत बताएका छन् । थपलियाले यसपटकका निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको धारणा छ । बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने र आज बेलुका ८ बजेदेखि नै मतगणना सुरु हुने उनले बताए । त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने उनको भनाइ छ । प्रमुख आयुक्त थपिलयाले लोकन्थली, भक्तपुरस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट आफ्नो मतदान गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपिलयाले गरे मतदान
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा उनले आफ्नो मतदान गरेका हुन् । आयोगका प्रमुख निर्वाचन आयुक्त थपिलयाले लोकन्थली, भक्तपुरस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । अपांगता भएका व्यक्तिले पहिलो मत खसाएर सो केन्द्रमा मतदानको सुरूवात भएको हो ।
बझाङको सदरमुकाममा भेटियो शंकास्पद बस्तु
काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनलाई लक्षित गरी बझाङको चैनपुरस्थित शंकास्पद बस्तु फेला परेको छ । बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको हो । चैनपुरस्थित रहेको सुर्मादेवी मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचन बिथोल्ने उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने बुझिएको छ । अहिले उक्त शंकासपद वस्तु डिस्पोजल गर्न नेपाली सेनालाई खटाइएको छ ।
अर्थमन्त्री शर्माले खसाले भोट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको मतदानमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो भोट खसालेका छन् । उनले आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि रुकुम पश्चिमबाट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनी २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट विजयी भएर विरासत खडा गरेका छन् ।
सभामुख सापकोटाले गरे मतदान
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गरेका हुन् । सभामुख सापकोटाले कुविण्डे मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं। १ का मतदाता हुन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।
रवि लामिछानेले गरे मतदान, प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा मतदान गरेका हुन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । उनले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक पदका लागि भने स्वस्तिक छाप लगाएनन् । उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाएका छैनन् ।
सुरु भयो प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान
काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न देशैभर मतदान सुरु भएको हो । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १ हजार ५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् । चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् । यस्तै, प्रदेश सभाका लागि ३ हजार २२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये २ हजार १३० जना दलका र १ हजार ९४ स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।
भारतबाट पहिलोपटक निजी ‘विक्रम एस’ रकेट प्रक्षेपण
एजेन्सी । भारतको पहिलो निजी रकेट विक्रम एस नोभेम्बर १८ मा प्रक्षेपण गरिएको छ। यो रकेट हैदराबादको एक निजी स्टार्टअप कम्पनी स्काइरुटले बनाएको हो, जसलाई श्रीहरिकोटाको इसरोको प्रक्षेपण केन्द्र सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो। योसँगै भारतको स्पेस टेक्नोलोजीमा निजी रकेट कम्पनीको प्रवेश सुरु भएको छ । भारत अब ती थोरै देशहरूमा परेको छ जहाँ निजी कम्पनीहरूले पनि आफ्ना ठूला रकेटहरू प्रक्षेपण गर्छन्। यसलाई ठूलो उपलब्धि भनिएको छ । विक्रम एस के हो र ? विक्रम एस को नाम इसरोका संस्थापक डा। विक्रम साराभाईको सम्झनामा राखिएको हो। विक्रम शृङ्खलामा तीन प्रकारका रकेटहरू प्रक्षेपण गरिने छ, जसलाई साना आकारका भू-उपग्रहहरू लैजानका लागि विकसित गरिएको छ। विक्रम९१ यस श्रृंखलाको पहिलो रकेट हो। विक्रम–२ र ३ ले पृथ्वीको तल्लो कक्षमा भारी तौल पठाउन सक्ने बताइएको छ । विक्रम एसले पृथ्वीको तल्लो कक्षामा तीनवटा उपग्रह पठाउन सक्छ। यी तीनमध्ये एउटा विदेशी कम्पनीको छ भने अन्य दुई भारतीय कम्पनीका स्याटलाइट छन् । स्काइरुटले यसअघि नै मे २०२२ मा रकेटको सफल परीक्षण भएको बताएको छ। कम्पनीले यस मिसनलाई विक्रम एस : भारतको पहिलो निजी रकेट प्रक्षेपण नाम दिएको छ । स्काइरुटको विज्ञप्ति अनुसार विक्रम एस नोभेम्बर १२ र १६ को बीचमा लन्च हुने थियो तर खराब मौसमका कारण नोभेम्बर १८ मा लन्च गरिएको हो। ‘स्याटेलाइट पठाउन ट्याक्सी बुकिङ जत्तिकै सजिलो’ अरबपति एलन मस्कको स्पेस एक्स कम्पनीले अमेरिकामा हालैको रकेट प्रक्षेपणको लागि धेरै अन्तर्राष्ट्रिय हेडलाइन बनाएको थियो । यो प्रवृत्ति भारतमा पनि पुगेको देखिन्छ । पूर्व वैज्ञानिक पवन कुमार चन्दन र नागा भरत डाकाले २०१८ मा स्काईरूट एयरोस्पेसको स्टार्टअपको रूपमा स्थापना गरेका थिए। यसका सीईओ पवन कुमार चन्दनले यस मिसनका लागि इसरोले धेरै प्राविधिक सुविधा उपलब्ध गराएको बताए। उनी भन्छन्, ‘इसरोले यसको लागि एकदमै मामूली शुल्क लिएको छ।’ स्काइरुट पहिलो स्टार्ट अप कम्पनी हो, जसले सन् २०१८ मा इसरोसँग रकेट प्रक्षेपणको लागि पहिलो एमओयूमा हस्ताक्षर गरेको छ। यस बाहेक चेन्नईमा आधारित अग्निकुल कोसमोस र स्पेसकिड्ज, कोइम्बटूरमा रहेको बेलाट्रिक्स एरोस्पेस जस्ता केही कम्पनीहरू छन् जसले साना उपग्रहहरू पठाउने अवसर खोजिरहेका छन्। स्काइरुट अत्याधुनिक प्रविधिको सहयोगमा ठूलो संख्यामा र आर्थिक रूपमा रकेट बनाउन सक्षम हुनेमा विश्वस्त छ । आगामी दशकमा कम्पनीले २० हजार साना उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । कम्पनीको वेबसाइटमा लेखिएको छ, ‘अब अन्तरिक्षमा उपग्रह पठाउन ट्याक्सी बुक गर्नुभन्दा छिटो, सही र सस्तो हुनेछ।’ यो पनि भनिएको छ कि रकेटहरू यसरी डिजाइन गरिएको छ कि तिनीहरूलाई २४ घण्टा भित्र कुनै पनि प्रक्षेपण केन्द्रबाट जम्मा गरी छोड्न सकिन्छ। भारतीय अन्तरिक्ष क्षेत्रमा निजी कम्पनीहरू सन् २०२० देखि भारतीय अन्तरिक्ष क्षेत्रमा सार्वजनिक र निजी कम्पनीको सहभागिता सुरु भएको छ । जुन २०२० मा, मोदी सरकारले यस क्षेत्रमा परिवर्तनहरू सुरु गरेको थियो । त्यसपछि निजी कम्पनीहरूको लागि बाटो खोलियो। यसका लागि इन९स्पेस ई नामक नयाँ संगठन गठन गरिएको थियो जसले इसरो र अन्तरिक्ष कम्पनीहरू बीच पुलको रूपमा काम गर्दछ। सन् २०४० सम्ममा अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योगको आकार एक ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । यो उद्योगमा भारतको हिस्सा २ प्रतिशत मात्रै छ । भारतले नयाँ अन्तरिक्ष प्रविधिका लागि निजी कम्पनीहरूलाई प्रोत्साहन गरिरहेको छ। भारतको अन्तरिक्ष कार्यक्रमको यात्रा यस क्षेत्रमा भारतको यात्रा सन् १९६० को दशकमा सुरु भएको थियो। त्यसपछि डा. विक्रम साराभाईको नेतृत्वमा अन्तरिक्ष अनुसन्धानका लागि भारतीय राष्ट्रिय समितिको स्थापना भयो। भारतको पहिलो उपग्रह आर्यभट्ट तत्कालीन सोभियत रुसको अस्त्रखान ओब्लास्टबाट प्रक्षेपण गरिएको थियो। यसलाई भारतीय अन्तरिक्ष क्षेत्रको इतिहासमा कोसेढुङ्गा मानिन्छ। भारतीय भूमिबाट पहिलो रकेट २१ नोभेम्बर १९६३ मा सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। यो तिरुवनन्तपुरम नजिकै थुम्बाबाट जारी गरिएको थियो। यो रकेटको तौल ७१५ किलो रहेको थियो, जसले ३० किलो तौलको उपग्रहलाई २०७ किलोमिटर टाढासम्म लैजान सक्ने प्रकारको थियो । सब-ऑर्बिटल रकेट के हो र ? विक्रम एस रकेट सिंगल स्टेज सब९ऑर्बिटल प्रक्षेपण वाहन हो, जसले तीनवटा विभिन्न कम्पनीका स्याटेलाइटहरु बोक्न सक्छ। यसले विक्रम शृंखलाको रकेटको परीक्षण गर्न र यसको प्रविधिलाई प्रमाणित गर्न मद्दत गर्छ । सो विषय स्काइरूट एयरोस्पेसका सीओओ नागा भरत डाकाले एक विज्ञप्तिमा भनेका छन् इसरोका एक पूर्व वरिष्ठ वैज्ञानिकले आफ्नो नाम खुलासा नगरी सब-अर्बिटल रकेटको बारेमा बताए। उनी भन्छन्, ‘सबै ओर्बिटल रकेटहरू अन्तरिक्षमा जान्छन् र त्यसपछि पृथ्वीमा खस्छन्, ढुङ्गा हाने जस्तै । तिनीहरूलाई खस्न १० देखि ३० मिनेट लाग्छ।’ वास्तवमा अर्बिटल र सब-अर्बिटल रकेटहरू बीचको गतिमा भिन्नता छ। एक अर्बिटल रकेटले पृथ्वीको त्यो कक्षको गति हासिल गर्नुपर्दछ। तिनीहरूले २८ हजार किलोमिटर प्रति घण्टाको गति हासिल गर्नुपर्छ, अन्यथा तिनीहरू पृथ्वीमा खस्छन् । यो गति हासिल गर्न रकेट प्राविधिक रूपमा धेरै उन्नत हुनुपर्छ, त्यसैले यो धेरै महँगो छ। तर, यो सब-अर्बिटल रकेटको मामला होइन। तिनीहरूले यति धेरै गति हासिल गर्न आवश्यक छैन। तिनीहरूले आफ्नो गति अनुसार एक निश्चित उचाइमा जानुपर्छ र त्यसपछि इन्जिन रोकिएपछि तिनीहरू भुइँमा खस्छन्। उदाहरणका लागि तिनीहरूका लागि ६ हजार किलोमिटर प्रति घण्टाको गति नै पर्याप्त हुन्छ ।