काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गरेका हुन् ।
सभामुख सापकोटाले कुविण्डे मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं। १ का मतदाता हुन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।