रवि लामिछानेले गरे मतदान, प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा मतदान गरेका हुन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । उनले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा मतदान गरेका हुन् ।

उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् ।

उनले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक पदका लागि भने स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाएका छैनन् ।

Share News