सुरु भयो प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान

<p>काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न देशैभर मतदान सुरु भएको हो । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्यक्षतर्फ [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न देशैभर मतदान सुरु भएको हो । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १ हजार ५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् । चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै, प्रदेश सभाका लागि ३ हजार २२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये २ हजार १३० जना दलका र १ हजार ९४ स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

Share News