अर्थमन्त्री शर्माले खसाले भोट

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको मतदानमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो भोट खसालेका छन् । उनले आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि रुकुम पश्चिमबाट वाम लोकतान्त्रिक गठबन्धनबाट [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको मतदानमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो भोट खसालेका छन् ।

उनले आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि रुकुम पश्चिमबाट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनी २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट विजयी भएर विरासत खडा गरेका छन् ।

Share News