बझाङको सदरमुकाममा भेटियो शंकास्पद बस्तु

<p>काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनलाई लक्षित गरी बझाङको चैनपुरस्थित शंकास्पद बस्तु फेला परेको छ । बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको हो । चैनपुरस्थित रहेको सुर्मादेवी मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचन बिथोल्ने उक्त शंकास्पद [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनलाई लक्षित गरी बझाङको चैनपुरस्थित शंकास्पद बस्तु फेला परेको छ ।

बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको हो । चैनपुरस्थित रहेको सुर्मादेवी मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो ।

निर्वाचन बिथोल्ने उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने बुझिएको छ । अहिले उक्त शंकासपद वस्तु डिस्पोजल गर्न नेपाली सेनालाई खटाइएको छ ।

Share News