इन्भेष्टमेन्टसँग मर्जरमा जान हिमालयन बैंक तयार, विहीबारको बोर्डले एजीएमको मिति तोक्ने

  २०७८ पुष ५ गते १३:५५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । आइतबार बसेको हिमालयन बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानको लाग गत बैशाख ३० गते समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । तर, मर्जर पक्रिया चलिरहेको समयमा हिमालयन बैंकको संचालक समिति अध्यक्ष तुलसी गौमत हटेर प्रचण्डबहादुर श्रेष्ठ आएपछि मर्जर प्रक्रियाले गति लिन सकेको थिएन ।

आइतबार (हिजो) बसेको हिमालयन बैंकको संचालक समिति बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको हिमालयन बैंकका संचालक आशिष शर्माले जानकारी दिए ।

‘विभिन्न कारणले हाम्रो (हिमालयन बैंकको) संचालक समितिको पूर्ण बैठक बस्न सकेको थिएन, हाम्रा संचालक सुनिलबहादुर थापा नै नेपाली काँग्रेसको महाधिवेशनमा व्यस्त हुनुभएकोले पनि पूर्ण बैठक बस्न ढिलाई भएको थियो, हिजो हामी सबै संचालक सहभागी भएर बैठक बस्यौं, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय भयो,’ शर्माले विकासन्युजसँग भने ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जाने भनिएपनि यो प्रक्रियाले लामो समय लिएको छ । हिमालयन बैंकले मर्जरमा जानको लागि निर्णय गर्न ढिलाई गर्दा राष्ट्र बैंकले २ पटक म्याद समेत थपेको छ । राष्ट्र बैंकले दोस्रो पटक थप गरेको म्याद भित्रै मर्जरको काम सक्ने गरी प्रक्रिया अघि बढाउन हिमालयन बैंक संचालक समिति तयार भएको हो ।

हिजोको बैठकले यसअघि देखिएका सानातिना समस्या र प्रश्नको समाधान गरी मर्जरमा जाने निर्णय गरेको संचालक शर्माले बताए । हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले मर्जर र एक्वीजीसनमा लाग्ने करका विषयमा महालेखा परीक्षकको कार्यालय प्रश्न उठाएको र सेही प्रश्नका कारण मर्जरमा जाँदा समस्या हुन्छ कि भन्ने संसय अध्यक्ष श्रेष्ठको थियो । सो संसयका विषयमा ठूला करदाता कार्यालयले स्पष्ट पारेपछि अध्यक्ष श्रेष्ठ मर्जरका लागि तयार भएका हुन् ।

अब आगामी विहीबार हिमालयन बैंकको संचालक समितिको अर्काे बैठक बस्ने र सो बैठकले साधारणसभाको मिति तोक्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभा गरिसकेकोले मर्जरको निर्णयका लागि विशेष साधारणसभा बोलाउनु पर्नेछ भने हिमालयन बैंकले नियमित साधारणसभामा नै सो प्रस्ताव लानेछ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकका बीच समान हैसियत (१ बराबर १ कित्ता) सेयर अनुपातका आधारमा मर्जर हुनेछ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको छ भने बैंक संचालक समिति अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहने सहमति यसअघि नै भइसकेको छ ।

सम्बन्धित समाचार

संकटको मोडमा हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर

मर्जरले हिमालयन र इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई मालामाल, तलब बढ्ने, पद नघट्ने

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरको कुरा मिल्यो, पहिलो कार्यकालको लागि राणा सीईओ

एमओयुको मस्यौदा शुक्रबार पारित गर्दै हिमालयन, मर्जरपछिको रोडम्याप बनाउँदै दुबै बैंकको व्यवस्थापन

नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने गरी हुन लागेको इन्भेष्टमेन्ट र हिमालयनको मर्जर कहाँ पुग्यो ?

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरः सेयर अनुपात १ बराबर १, सिइओ २ जना

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर

११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.