हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुन लागेको हो ? बैंक यस्तो भन्छ

  २०७७ पुष १ गते १५:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरको विषयलाई लिएर नेपाली बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि वहस हुँदै आएको छ । हालसम्म दुवै बैंकले मर्जर सम्बन्धि यकिन विषयहरु नखोलेपनि आन्तरिक रुपमा मर्जरको प्रक्रिया भइरहेको विभिन्न समयमा खुल्दै आएकाे छ ।

हिमालयन बैंकले मर्जरमा जानको लागि मर्जर उपसमिति पनि गठन गरिसकेको छ । हिमालयन बैंकको संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, विजय बहादुर श्रेष्ठ र आशिष शर्मा रहेका बैंकका अध्यक्ष तुलसी गाैतमले बताए ।  कमिटिमा प्रवर्द्धक र साधारण लगानीकर्ता दुबै समूहकाे प्रतिनिधित्व रहेकाे छ ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बै‌ंककाे भनाई छ ।

तर,  मर्जर सम्बन्धि हालसम्म कुनै पनि निर्णय भइ नसकेको बैंकले विज्ञप्ती मार्फत जनाएको छ । बैंकले आज विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चार माध्यमा आएको विषय साँचो नभएको प्रष्ट पारेको हाे ।

संचालक समितिद्वारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ-साथै त्यस बारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ ।

यद्यपि हाल आम संचार माध्यमहरुमा प्रसारित/प्रकाशित समाचारहरुमा उल्लेख भए जस्तो मर्जरबारे हालसम्म कुनै पनि निर्णय नभएको बैंकले स्पष्ट पारेकाे हाे ।

सम्बन्धित सामग्री:

हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.